उपत्यकाको तापक्रम शून्य दशमलव ९ डिग्रीमा झर्‍यो,शून्य डिग्रीसम्म झर्न सक्ने

आजभोलि

बिहीबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको तापक्रम घटेको छ ।

उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए। बुधबार राति आकाश खुलेसँगै काठमाण्डौसहित धेरै ठाउँको तापक्रम घटेको छ ।

बुधबारभन्दा झण्डै २ डिग्री सेल्सियस घटेर काठमाण्डौको बिहीबारको तापक्रम यो वर्षको अहिलेसम्मकै कम अर्थात् शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । यसअघि बिहान ६ बजे काठमाण्डौको तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बुधबार काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । काठमाण्डौको बिहीबारको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने महाशाखाले जनाएको छ ।

बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ ।

यसैगरी शीतलहर चलिरहेका बेला आगो ताप्न र तातो झोलिलो खानेकुरा खान पनि मन्त्रालयले सुझाव दिएको छ ।

तराईका विभिन्न ठाउँमा बिहान लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।

  • १० पुष २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !