पार्टीभित्रैबाट सरकारलाई बदनाम गराउने काम भयोः प्रधानमन्त्री

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताएका छन् । पार्टी सम्बद्ध प्रेस संगठनले गरेको शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बनाउन देश विदेशका शक्तिहरु लागेको बताएका हुन् ।

उनले स्रोत साधन सम्पन्नहरु सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सकृय रहेको बताए । उनले गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ गरे । उनले पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइरहेकोसमेत बताए ।

उनले भने, ‘गोकर्ण रिसोर्टको लिज अवधि थपियो जसरी कहिल्यै थपिएको थिएन, पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने, अहिले विभिन्न स्वतन्त्र संघ संस्थाहरुबाट मुल्याङ्कन गराएर कति त्यसका मुल्याङ्कनका विधिहरु तयार गरेर दिएको हो । के त्यसलाई नचलाउने भन्न पर्यो कि अरु केही गर्न पर्यो कसैले लिज लिएको छ र उसले प्रगति गर्छु भन्छ भने नदिने त ?’

उनले सरकारले गरेका काममा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताए । प्रधानमन्त्रीले पार्टी भित्रैपनि कविता वाचन गरी विरोध मात्र गर्ने तर सरकारले गरेका राम्रा कामहरुमा केही बोल्न नसक्नेहरु सकृय रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘‘मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भनें, उडाए, हामी समुद्रमा जहाज चलाउन सक्छौं भनेर उडाए, कति दयनिय अवस्था छ विरोधीहरुको, पानीमा पानीजहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छनी ।’’

उनले यस्ता खतरनाक प्रयासहरुलाई पराजित गरी राष्ट्रिय एकता सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकताको भावले जित्नुपर्ने बताए 

  • १३ पुष २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !