क्यान्सर उपचारको लागि जापानबाट लक्ष्मी थापाको आर्थिक सहयोग

आजभोलि

ललितपुर । गालाको क्यान्सर भएर अनुहार नै चिन्न नसक्ने भएका महोत्तरीका ४० वर्षिय विपन्न क्यान्सररोगी अलिम कवाडीको उपचारको लागि हाल तोयोहाशी, जापान निवासी चाँगुनारायण नगरपालिका, छायाँवस्ती, छालिंगकी लक्ष्मी थापामगरले २१ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् ।

वरिष्ठ पत्रकार बलरामप्यासीको पहलमा समाजसेवी थापामगरबाट प्राप्तभएको सो रकमपत्रकार प्यासीले नेपालक्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठलाई नेपाल क्यान्सर हस्पिटलमा शनिबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरे।

निर्देशक श्रेष्ठको अगुवाईमा सो अस्पतालमा विपन्नक्यान्सररोगीहरुको उपचार हुँदै आएको छ । क्यान्सररोगी कवाडीको नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको ३१८ नं शैय्यामाराखेर उपचार हुँदैछ । उनको यहीफागुन २१ गते बुधबार सो अस्पतालको हेड एण्ड नेक क्यान्सर विशेषज्ञ एवम् शल्य चिकित्सक डा.प्रभात ठाकुर सहितको विशेषज्ञ समूहले शल्यक्रिया गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । यसअघि सो टोलीले २२ वर्षिया ज्योतिराईको मुखको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।

क्यान्सररोगी कवाडीको उपचारको लागि नेपाल क्यान्सर सयोग समूह, उपचारकालागि सहयोगीहातहरु र रोटरी क्लव अफलले पनि आवश्यक पर्ने सहयोग रकम जुटाउँदै छ भने नेपालक्यान्सर अस्पतालले उनको निःशुल्क शल्यक्रिया गरिदिने बताएको छ ।

उपचार रकमको अभावमा लामो समयदेखि रोग पालेर वस्न वाध्य विपन्न क्यान्सररोगी कवाडीको उपचारको लागि सहयोग जुटाईदिएकोमा नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ र निर्देशक स्वरुपाश्रेष्ठले वरिष्ठ पत्रकार प्यासीलाई धन्यवाद दिए ।

क्यान्सररोगी कवाडीको उपचारको लागि सहयोग गर्न चाहने दाताहरुले सो अस्पतालको बेड नं ३१८ मा सम्पर्क गर्न सकने अस्पतालले जनाएको छ ।

  • १८ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !