कोरोना संक्रमणबाट आत्तिनु पर्दैन

आजभोलि

डा. रवीन्द्र पाण्डे

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ | तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ |

  • कोरोना कमजोर भाइरस हो | यसको संक्रमण सबैलाई हुँदैन | दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ |
  • कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन | यसको मृत्युदर निकै कम छ | १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ | सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन |
  • कोरोना संक्रमणको औषधि छैन | तसर्थ उपचारमा धेरै खर्च हुँदैन | ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने | गाह्रो भएमात्र अस्पताल जाने |
  • कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ | तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन |
  • कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ -३ महिनाको जोहो गर्दा राम्रो हुन्छ | जस्तै : नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि |
  • सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो | गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ |
  • विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन |
  • बजारमा मास्कको अभाव छ | कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ | बराबर हात धुने, सफा रहने गर्यो भने कोरोना संक्रमण सर्दैन | तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन | मास्क भन्दा पंजा महत्वपूर्ण छ |
  • बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ |
    – कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ( टेन्ट ) आदिमा राखेर उपचार गर्छन | विश्व स्वास्थ्य संगठन, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन |
    – कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो | हामीकहाँ गर्मी सुरु भएको छ | तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ |
    – कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ |
    – क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो | तसर्थ डराउनु पर्दैन |
    – यसको रोकथाम हाम्रो हातमा छ | भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० % रोकथाम हुन्छ |

  • १९ फाल्गुन २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !