कोरोना भाइरसबाट कसरी जोगिने ?

आजभोलि

. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो | अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन | स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो | कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ |
२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन |
३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन | बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ | बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ |
४. कोरोना सर्दैमा मृत्यु हुँदैन | धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ | १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ |
५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन | यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ | जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ |
६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन | सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ |
७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन |
८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन |
९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन | त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै |
१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन | यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ |
११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन |
१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन |
१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन |
१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो |
१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन |

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

  • २२ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !