कालोबजारी गर्ने कुन-कुन फार्मेसी कारबाहीमा परे ?(सूचीसहित)

आजभोलि

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण मास्क लगायतका औषधिजन्य बस्तुकोकालोबजारीगर्नेमाथि सरकारले कारबाहीलाई तीव्र बनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेमाथि कारबाही सुरु गरेको हो । विभागले अनुगनमका क्रममा महंगो मूल्यमा मास्क बिक्री गरेको पाइएपछि क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्ट प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। बिहीबार विभागबाट गएको टोलीले अनुगमनका क्रममा आइज्याकले बढी मूूल्य लिएर मास्क तथा स्यानिटाइजर बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरिएको विभागले जनाएको छ ।

त्यसैगरी विभागले क्षेत्रपाटीको एमजे मेडिकलको सर्जिकललाई २० हजार र महाबौद्धको आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागको टोलीले बिहीबार ७ वटा फार्मेसीमा अनुगमन गरेको थियो । त्यसमध्ये विनायक सर्जिकल, दीप सर्जिकल सप्लायर्स र अविमा सर्जिकल सामान्य अवस्थामा पाइएको छ ।

त्यस्तै वीर अस्पतालमा रहेको आयुष फार्मेसीलाई पनि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क, स्यानिटाइजरलगायतका वस्तुको बजार माग बढेको छ । यसको फाइदा उठाउँदै व्यापारीले त्यस्ता वस्तु लुकाउने र बढी मूल्यमा बिक्री गर्ने गरेका छन् ।

  • २३ फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !