कोरोना भाइरसले नेपालको आर्थिक अवस्थामा कस्तो असर गर्छ ?

आजभोलि

काठमाडौं । विश्वभर आतक मच्चाईरहेको कोरोना भाइरसका कारण ठूलोमात्रामा आर्थिक क्षति हुने एसियाली विकास बैंकको प्रारम्भिक प्रक्षेपनले देखाएको छ।

बैंकले हालैमात्र प्रकाशित गरेको प्रक्षेपनअनुसार यो भाइरसको प्रकोप जति लम्बिन्छ क्षति पनि त्यति नै मात्रामा बढ्दै जाने छ।

यसको असर सबैभन्दाबढी एसियन मुलुकमा हुने बैंकको अनुमान छ। 

घट्दो आन्तरिक माग, न्यून पर्यटकीय गतिविधि, व्यापारिक ट्राभलमा आएको कमी, व्यापार र उत्पादनमा आएको ह्लास, आपूर्ति व्यवस्थामा भएको अवरोधजस्ता कारणले प्राय: सबै मुलुकको आर्थिक विस्तार रोकिने बैंकको प्रक्षेपन छ।

यद्यपी कोरोनाको संक्रमण कुन देशमा कसरी हुन्छ र त्यो कति टिक्छ भन्ने कुराले आर्थिक क्षति निर्धारण हुने बैंकले जनाएको छ। तरपनि यसबाट संसारका प्राय अर्थतन्त्र प्रभावित हुने बैंकको प्रारम्भिक निष्कर्ष छ।

सन् २०२१ को सुरुदेखि नै संसारभर लागेको ट्राभल प्रतिबन्धले गर्दा अहिलेसम्म १५६ अर्ब अमेरिकी डलरको घाटा विश्वले बेहोर्ने बैंकले बताएको छ। यो भनेको विश्वको कूल ग्राहस्थ उत्पादनको ०.२ प्रतिशत हो।

सबैभन्दा बढी आर्थिक क्षति चीनमा हुने छ। बैंकको प्रक्षेपनअनुसार अहिलेसम्मको अवस्थाले चीन एक्लैले १०३ अर्ब डलरको क्षति बेहोर्नसक्छ। यो उसको कुल ग्राहस्थ उत्पादनको ०.८ प्रतिशत हो।

बैंकले विभिन्न अवस्थाको आधारमा क्षतिको प्रक्षेपन गरेको छ।

अहिलेसम्मको अवस्थाले संसारभर यसको क्षति ७७ अर्ब डलर हुने छ। अझै बढेमा १५६ अर्ब हुने छ भने यसको खराब प्रभाव ३४७ अर्ब डलरसम्मको क्षति हुनसक्छ। जुन विश्व जिडिपीको ०.४ प्रतिशतस्म हो।

चीनमा यसको क्षतिको बिन्दु २४७ अर्ब डलरसम्म हुने बैंकको प्रक्षेपन छ।

बैंकले नेपाली अर्थतन्त्रमा कूल ग्राहस्थ उत्पादनको ०.०४ प्रतिशतस्म क्षति हुनसक्ने प्रक्षेपन गरेको छ। अहिलेसम्मको अवस्थामा बैंकल पर्यटन,व्यापार तथा सार्वजनिक सेवामा क्षति पुग्ने बताएको छ। अधिकतम ०.१३ प्रतिशतसम्म क्षति हुने बैंकको प्रक्षेपन छ।

  • २५ फाल्गुन २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !