कोरोना विश्वव्यापी महामारी : डब्लुएचओ

आजभोलि

काठमाडौं । कोरोना भाइरस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी भएको घोषणा गरेको छ । 

विश्वभर फैलेको कोरोना भाइरस संक्रमणका कारण हजारौंको ज्यान गएको र दिनप्रतिदिन यसको संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दैडब्लुएचओले विश्वव्यापी महामारीको रुपमा परिभाषित गरेको हो।

चीनबाट सुरु भएको यो भाइरस १ सय भन्दाबढि मुलुकमा यसको संक्रमणमा परेको छ । 

डब्लुएचओका प्रमुख डा. टेड्रोस अदनम गेब्रेयेससले गत दुई हप्तामैं चीनबाहिर संक्रमितको संख्या १३ गुणाले बढेपछि यो समस्याले निकै डरलाग्दो रुप लिएको बताएका छन्।

कुनै रोग धेरै देशमा एकैचोटी तीव्ररुपमा फैलिएपछि महामारीको चरणमा प्रवेश गरेको मानिन्छ।

उनले सम्बन्धित देशका सरकारहरुलाई यो महामारी रोक्नका लागि जरुरी र आक्रामक कदम चाल्न आग्रह गरेका छन्।

बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट संक्रमित छन।

कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्।

  • २८ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !