सामाजिक संजालको आलोचनपछि मुख्यमन्त्री गड्डाचौकीमाः रमिते बनेर फर्के

आजभोलि

महेन्द्रनगर । भारतमा कोरोनाको समस्यादेखेपछि भारतमा रहेका नेपालीहरु घर फर्किने क्रम बढेको छ । सुदूरपश्चिमको एकमात्र खुला नाका बनबासाबाट हजारौंको संख्यामा नेपालीहरु फर्किरहेका छन् । नेपालको चेकपोष्ट गड्डाचौकीमा दिनभरी ठूलो भिड रहेको थियो । बिहानैदेखि ठूलो भिडरहेको स्थानीयले बताएका छन् । भिड थाम्न नसकेर प्रहरी सामान्य बल प्रयोग समेत गरेको थियो । यात्रुहरु चेकको नाममा ठूलो सास्ती खोपी रहेका थिए । कोरोना महेन्द्रनगर । भारतमा कोरोनाको समस्यादेखेपछि भारतमा रहेका नेपालीहरु घर फर्किने क्रम बढेको छ । सुदूरपश्चिमको एकमात्र खुला नाका बनबासाबाट हजारौंको संख्यामा नेपालीहरु फर्किरहेका छन् । नेपालको चेकपोष्ट गड्डाचौकीमा दिनभरी ठूलो भिड रहेको थियो । बिहानैदेखि ठूलो भिडरहेको स्थानीयले बताएका छन् । भिड थाम्न नसकेर प्रहरी सामान्य बल प्रयोग समेत गरेको थियो । यात्रुहरु चेकको नाममा ठूलो सास्ती खोपी रहेका थिए ।

भारतबाट फर्केका यात्रुले नेपाल प्रवेश गरेपछि पनि ठूलो दुख पाउँदा पनि प्रदेश सरकारले कुनै पहल नगरेको भन्दै सामाजिक संजालमा ठूलो आलोचना भएको थियो । आलोचनापछि बल्ल गड्डाचौकी पुगेका सुदूपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट रमिता हेरेर त्यतिकै फर्केका छन् । सञ्चार माध्यमलाई जानकारी दिदै भट्टले आफूहरुले क्वारेनटाइन व्यवस्थित गरिसकेको र चेकजाँज प्रभावकारी बनाउने प्रतिक्रिया दिएका थिए । तर अहिलेसम्म कुनै व्यवस्थापन देखिएको छैन । उनको अगाडि सयौको भिड थियो । तर उनी रमिते बनेर फर्के, एक यात्रुले जानकारी दिए ।

बालबालिका, महिला तथा जेष्ठ नागरिकहरु लामो लाइन लगाएर ज्वरो नाप्न पर्खिरहेको दृश्यले व्यवस्थापनको प्रभावकारी स्पष्ट हुन्छ । यसरी भारतबाट आउने यात्रुहरुले सिमा हुँदै महेन्द्रनगर बसपार्कमा पनि झमेला झेली रहेका छन् । एक जना महिला यात्रुले भनिन,् साथमा बच्चा र भारी पनि छ । तर बसको टिकटै पाइदैन । कसरी घर पुग्नु । उनी जस्तै घर जाने बस नपाएर कर्यौ यात्रु अलपत्र परेको होटल व्यवसायीले आजभोलिलाई जानकारी दिएका छन् ।

  • ८ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !