आत्तिएर कहिले गाउँ जाने, कहिले सहर जाने प्रवृतिलाई निरुत्साहित गर्नु जरुरी छ ?

आजभोलि

गाउँ तथा नगरमा कोरोना संक्रमण रोक्नको लागि देहाय बमोजिम गर्नुहुन अनुरोध गर्दछु |
१. बिगत केहि दिनदेखि भारत तथा अन्य देशबाट नेपाल आएका व्यक्तिहरु को को आउनुभयो ? रेकर्ड राख्नुहोला |
२. उहाँहरुलाई सम्झाएर / बुझाएर होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा २ हप्ता विधिपूर्वक राख्नुहोला | यसो गर्दा उहाँ, उहाँका परिवार, आफन्त तथा समाजमा कोरोनाको संक्रमण सर्दैन |
३. यदि कसैले क्वारेन्टाइनमा बस्न असहमत भएमा, क्वारेन्टाइनको नियम उल्लङ्घन गरेमा तथा छोडेर भागेमा स्थानीय प्रहरीले नियन्त्रण तथा कारबाही गर्ने ब्यबस्था मिलाउनुहोला |
४. आत्तिएर कहिले गाउँ जाने, कहिले सहर जाने प्रवृतिलाई निरुत्साहित गर्नु जरुरी छ | जति आवतजावत बढ्यो त्यति नै संक्रमण फैलिने डर हुन्छ | तसर्थ जो जहाँ छ, त्यहीं बस्ने प्रवृतिलाई प्रोत्साहन गर्नु उपयुक्त हुन्छ |
५. उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने, आइसोलेसनमा बस्ने र ल्याबमा स्याम्पल कलेक्सन गरेर टेस्ट गर्न पठाउनेबारे जिल्ला अस्पतालसंग समन्वय गर्नुहोला |
६. यो मौसमी रुघाखोकीको समय भएकोले सामान्य रुघाखोकिमा डर मान्नुपर्दैन |
. कोरोना संक्रमण भइहाले पनि डराउनु पर्दैन | ८५ % संक्रमित बिरामीलाई सामान्य लक्षण देखिएर निको हुन्छ | बाँकीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ | मृत्युदर जम्मा २-३ % मात्र छ |
८. हल्ला, भ्रम र कपोकल्पित कुरामा विश्वास नगर्नुहोला | आधिकारिक मेडिया र स्वास्थ्यकर्मीका कुरा सुन्ने गर्नुहोला |
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

  • ११ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !