कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

आजभोलि

बस्टन । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ ।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट ९० स्ट्रीटमामा बस्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको हो । मृतक लिम्बु नेपालको पाँचथर रानीगाउँका हुन् । 

कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्क Elmhurst Hospital मा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनी केही समय देखी मधुमेह र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएका थिए ।

नेपालि जनसम्पर्क समिती अमेरिकाको सदस्य लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी बिगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका थिए ।

लिम्बु एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए । प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । 

रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तीनदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको थियो ।

  • ११ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !