बागमती प्रदेशद्वारा १० करोडको आपतकालिन उपचार कोष स्थापना

आजभोलि

वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १० करोडको आपत्कालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।

उक्त कोषमा मुख्यमन्त्री पौडेललगायत अन्य मन्त्रीहरु र राजनीतिक नियुक्ति हभएका व्यक्तिले एक महिनाको तलब सहयोग गरेको समेत उनले जानकारी दिए।

बैठकले खाद्यान्न तथा दूध आपूर्तिको सहज व्यवस्थापन मिलाउन उक्त सामग्री ढुवानी गर्ने सवारीको सञ्चालनमा छुट दिइनेसमेत निर्णय गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकाद्वारा स्थापना भएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण उपचार कोषमा एक महिनाको तलब सहयोग गरेका छन् ।

बैठकले खाद्यान्न तथा दूध आपूर्तिको सहज व्यवस्थापन मिलाउन उक्त सामग्री ढुवानी गर्ने सवारीको सञ्चालनमा छुट दिइनेसमेत निर्णय गरेको छ ।

  • ११ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !