देवराज पाैडेल
काेराेना भाइरसकाे संक्रमण बढेपछि हामी अाफ्नै घरकाे एकान्तवासमा मात्र सिमित थियौं। सानाे छाेराकाे स्कुल बन्द भएकाले उस्लाई घर भित्र मात्र सिमित गराउन कठिन हुँदै थियाे। उ बेलाबेलामा मेरा अाँखा छली घरबाट उम्किन चाहन्थ्याे। मैले उस्लाई भान्सामा ल्याएर बसाएँ र काममा ब्यस्त भएँ। सानेले उठेर भन्याे- “मामु ! मामु ! याे लकडाउन कहिले सकिन्छ? ” खै? किन र?”- मैले जिज्ञासा राखेँ।” याे घर भित्र मात्र कति बसिरहनु? न स्कुल जान पाइन्छ? न साथीहरुसंग खेल्न पाइन्छ? न मामाघर जान पाइन्छ? खाली काेठामा मात्र। मलाइ त छटपटी भैरेहेकाेछ। मामु ! याे घर भित्र मात्र बस्ता किन मनमा धेरै कुरा खेल्छन् ? मन तुलबुल भएर के गरौं कसाे गरौं भैरहेकाेछ। मन कता कता उड्छ। चरा जस्तै उडुउडु लाग्छ। अाकासमा उड्ने चरालाई त याे लकडाउनकाे के मतलब हई। मामु!याे लकडाउनमा मेराे मन चाहिँ किन चन्चल भएकाे हाेला? “- सानेले एकान्तवास बस्नुकाे पीडा लघातार उकल्याे।उस्का कुरा सुनेर म छक्क परें।”
मन चन्चल भयाे भने ध्यान गर्नुपर्छ।अाउ हामी ध्यान गरेर बसौ। ध्यान गर्दा मनमा शान्ति हुन्छ।मन एकाग्र हुन्छ। मनमा दस थरी कुरा खेल्दैन।”- मैले उस्लाई भुल्याउन सान्त्वना दिदै भने र उस्लाई सामुन्ने राखेर ध्यान गर्न सिकाएँ। हामी दम्पति अाँखा चिम्लेर बस्यौं। उ पनि पद्मासनमा ध्यानमा बस्याे। हामीले बेला बेलामा थाेरै अाँखा खाेलेर उस्काे चियाे ग-यौं।उ अाँखा बन्द गरेर ध्यानमा लिन थियाे।हामी पनि ध्यानमा बस्याैं।
भुरुरुकाे अावाजले हाम्राे ध्यान भङ्ग गरिदियाे।अाँखा खाेलेर हेर्दा सामुन्ने साने थिएन।कहाँ गयाे हाेला भनेर चिन्तित बन्दै हामी कौशीमा अायौं।एक किसिमकाे अानन्दित चम्किलाे चेहेरामा उ क्षितिज तर्फ नजर दैडाउँदै थियाे।” के हेरेकाे बाबू!”- मैले साेधे।
“स्वतन्त्र सुगाकाे फ्लाइट।” उस्ले हामी तिर नहेरी भन्याे। मेरा अाँखा पिंजडा तर्फ साेझिए। त्यहाँ सुगा थिएन।” कसरी उड्याे सुगा?” -मैले चिन्तित हुँदै उस्लाई साेधेँ। ” मैले पिंजडाकाे ढाेका खाेलिदिएँ, उ खुशीले गदगद हुँदै उड्याे।”- सानेले डरै नमानी भन्याे। त्याे सुगा अगाडि नराखी खाना नखाने छाेराे अाज सुगा उडेकाे देखेर प्रसन्न भएकाे देख्दा म तीन छक्क परें।” किन छाडेकाे त छाेरा सुगालाई ?”- मैले उस तर्फ हेरेर साेधें।”
ध्यानमा बस्दा मनमा अायाे। हामी परिवारसंग अाफ्नाे घरमा केही दिन एकान्तवास वस्नु पर्दा त दिन बिताउन यति गाह्राे भएकाे छ । त्याे वनमा रमाउने चरी कति बर्ष देखि याे पिंजडामा कैद छ ।यस्लाई पिंजडाकाे एकान्तवासमा दिन कटाउन कति गाह्राे भएकाे हाेला भन्ने लाग्याे ,अनि छाडिदिएँ। अब उस्ले म जस्ताे एकान्तबास त बस्नु पर्दैन।” सानेले प्रसन्नता प्रकट गर्दै जवाफ दियाे। म सानेलाई हेरेकाे हेरै भएँ।
लालबन्दी:४, सर्लाही