नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ३० पुग्यो

आजभोलि

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एकैदिन १४ जना संक्रमित थपिई नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको हो ।

मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् । उदयपुरमा संक्रमण पुष्टि भएकामा सबै पुरुष छन् । उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष छ ।

  • ५ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !