कोरोना भाइरस : अमेरिकामा लकडाउन विरोधी प्रर्दशनमा वृद्दी हुँदै

आजभोलि

गोपीकृष्ण भट्टराई । बस्टन (अमेरिका) । कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या र संक्रमितको संख्यामा बढोत्तरी भइरहेपनि अमेरिकाका विभिन्न शहरहरूमा लकडाउन विरूद्दका प्रदर्शनहरू भएका छन् । 

विभिन्न राज्यहरूमा संकटकाल र स्टे एट होम अडर जारी भएपछि मानिसकहरू त्यसको विरोधमा सडकमा आएका हुन् । आफ्नो जिवनयापनमा असर परेको भन्दै उनीहरू सडकमा आएका हुन् । प्रदर्शनकारीहरू बन्दुक सहित विरोधमा उत्रेका छन् । यद्यपी स्वास्थ्यकर्मीहरूले लकडाउन हटाए कोरोना भाइरसको संक्रमण फैलने चेतावनी दिएका छन् ।

अमेरिकाको मिचिगन, ओहायो, नर्थ क्यारोलिना, मिनिसोटा, उत्था, भर्जिनिया र केन्टकीमा प्रदर्शन भएका हुन् । प्रदर्शन भएको मिचिगनमा कोरोनाको कारण मृत्युहुने प्रतिशत अन्य राज्य भन्दा बढी रहेको छ ।

शुक्रबार (आज) राष्ट्रपति ट्रम्पले ट्विट गर्दै सडकको विरोध प्रदर्शनलाई समर्थन गरेका छन् । राष्ट्रपति ट्रम्पले क्यापिटल लेटरमा ट्विट गरेका छन् ।

प्रदर्शन भएका धरैजसो राज्यमा डेमोक्रेटले दलको सरकार छ । उत्था र ओहायोमा रिपब्लिकन दलको सरकार छ ।

ओरेगन, आइडो र टेक्सासपनि लकडाउनको विरोधमा प्रदर्शनको तयारी भैरहेको यहाँका विभन्न संचारमाध्यमले जनाएका छन् ।

अमेरिकामा कोरोनाको सबैभन्दाबढी संक्रमित र मृत्यु हुनेको संख्या रहेको छ । यो समाचार तयार गर्दासम्म संक्रमित हुनेको संख्या ६ लाख ८६ हजार ६ सय २० र मृत्यु हुनेको संख्या ३१ हजार ५ सय १४ रहेको छ । यसरी मृत्यु हुनेमा कम्तीमा ५ जना नेपालीसमेत रहेका छन् ।

  • ५ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !