काठमाडौं । बहराइनमा एकैदिन २७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मनामास्थित नेपाली दूतावासले बिहीबार गरिएको परीक्षणपछि शुक्रबार त्यस्तो रिपोर्ट आएको जनाएको छ ।
योसँगै कोरोना संक्रमित नेपालीको बहराइनमा संख्या ४९ पुगेको छ।
बहराइनमा अहिलेसम्म ९ सय ९० जनालाई कोरोना संक्रमण भएकोमा ३ जनाको अवस्था गम्भीर छ। मृतकको संख्या भने ७ रहेको छ।