कोरोना भाइरस संक्रमित दोस्रो व्यक्ति निको भएपछि डिस्चार्ज

आजभोलि

कोरोना भाइरस सङ्क्रमित दोस्रो व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालले जनाएको छ । गएको चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई शनिवार अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् ।

काठमाण्डौ घर भएकी उनी गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् । कोरोना भाइरसको सङ्क्रमण उपचारपछि निको हुने भएकाले बेलैमा उपचार गराउन र सतर्क रहन डाक्टरहरुले सुझाव दिँदै आएका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको ३० पुगेको छ । अन्य २८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । शुक्रबार उदयपुुरमा कोरोना संक्रमण देखिएका १२ जनालाई कोशी अस्पताल विराटननगरमा भर्ना गरिएको छ । उनीहरुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • ६ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !