लकडाउनको मोडेल फेर्ने कि ?

आजभोलि

लकडाउनको मोडेल फेर्ने कि ?

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ 

सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून संख्यामा सिमित रहेको छ | लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आवश्यक छ |

बिहानबेलुका मान्छेको चहलपहल हुने, काम नपरे पनि घर बाहिर निस्किने तथा भित्री बस्तीमा भीडभाड हुने समय हो । तसर्थ दिउँसो १२- २ बजेसम्म स्थानीय पसल खोल्ने एवंम बिहानबेलुका कडा गर्दा लकडाउन बढी प्रभावकारी हुन्छ ।

लकडाउन भनेको राज्यको निम्ति तयारी गर्ने ठूलो अवसर हो । यो समयमा अधिकभन्दा अधिक कोरोना परिक्षण गर्ने, शंकास्पद ठाउँ शिल गर्ने, सिमानामा स्थानीयवासीको सहयोग लिएर शंकास्पद ठाउँमा तारबार गर्ने, मेडिकल उपकरण तथा औषधिको आयात गरेर स्टक राख्ने, १ वर्ष पुग्ने खाद्य पदार्थ र औषधी स्टक राख्ने, हरेक नागरिकको डाटा राख्ने आदि अवसर हो । यसको पूर्ण सदुपयोग हुनु जरुरी छ ।

छिमेकी देश भारतमा जुन – जुलाई महिना अर्थात् आषाढ र साउनमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपणको आधारमा तयारी भइरहेको देखिन्छ । तसर्थ बैशाख १५ गतेपछि १ महिना सेमी लकडाउन गर्नु उपयुक्त देखिन्छ । बैशाख १५ पछि हटस्पट शिल गर्ने, सुरक्षित ठाउँमा अत्याबश्यक सेवा चलाउने, मजदुर तथा निम्न आय समुदायलाई पुग्दो राहत दिने, कोरोना परिक्षण गरेर मजदुरलाई उद्योग तथा कारखानामा काम गर्न लगाउने ( आवासीय ब्यबस्था सहित ), स्कूल / क्याम्पस / रेस्टूरेन्ट / सार्वजनिक यातायात आदि नचलाउने, आन्तरिक उडान ठाउँ हेरेर तथा यात्रुलाई कोरोना संक्रमण जाँच गरेर चलाउने, किसानलाई मल, बिउ लगायत उपलब्ध गराएर ‘उत्पादन अभियान ‘ चलाउने आदि गर्नु ब्यवहारिक हुन्छ । जुन बेला संक्रमण बढ्ने देखिन्छ, तुरुन्त पूर्ण लकडाउन गर्न सकिन्छ ।

सिमाना पूर्ण शिल गर्ने तथा आन्तरिक नाका लक गरेर सिमित क्षेत्र सञ्चालन गर्दा दैनिक काम गरेर खाने मान्छेलाई राहत मिल्नेछ । उद्योग सुचारु हुनेछन् ।

आगामी १-२ वर्षसम्म कोरोना संक्रमण केहि न केहि रुपमा विश्वमा रहिरहन्छ । खोपको व्यापक प्रयोगपछि मात्र यो पूर्णरुपमा नियन्त्रणमा आउँछ । तसर्थ त्यो बेलासम्म कोरोना संक्रमण नेगेटिभले काम गर्ने, पोजिटिभ आइसोलेसनमा बस्ने , जोखिम बर्ग होम क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्दै युवाबर्गले काम गर्ने जस्ता प्राक्टिस गर्नुपर्ने हुन्छ ।

अहिले कोरोना संक्रमण सामान्य भएको समयमा समय, PPE / N ९५ मास्क/ भाइजर / ग्लोभ्स आदि नाश नगर्ने, पछिको लागि जगेडा राख्ने, आइसीयुको क्षमता बढाउने, भेन्टिलेटरको संख्या अहिलेको १० गुणा बढाउने, आइसीयु तथा भेन्टिलेटर सञ्चालन गर्ने तालिम दिलाउने, दातृ राष्ट्रहरूबाट औषधी उपकरण तथा प्रबिधि प्रबन्ध गर्ने लगायत गर्न सकिन्छ ।

कोरोना संक्रमणको मनोबैज्ञानिक असर कम गर्नको लागि परामर्श अभियान चलाउने । कोरोना संक्रमण लाग्दैमा मृत्यु हुन्छ भन्ने लगायतका भ्रम निवारण गर्ने, जनतालाई अधिकतम सुचित गराउने आदि गर्न सकिन्छ ।

भ्रष्ट्राचारी, कमिसनखोर तथा कालोबजारीलाई आफ्नो अर्को नभनी धमाधम कारबाही गर्ने । जसले गर्दा सरकारप्रति जनताको विश्वास बढ्दछ ।

  • ८ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !