कोरोनाका कारण अमेरिकामा १० लाख संक्रमित,विश्वभर मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो

आजभोलि

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाख नाघेको छ ।

विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको वल्डोमिटरले जनाएको छ । कोरोनाका कारण हालसम्म अमेरिकामा ५९ हजार २ सय ६६ जनाको मृत्यु भएको छ भने १० लाख ३५ हजार ७ सय ६५ जना संक्रमित भईसकेका छन् ।

यस्तै, विश्वभर संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार १ सय १५ पुगेको छ । कोरोनाका कारण हालसम्म २ लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो सङ्ख्या देखिएको बताएका छन् । उनले विस्तारै सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने बताए। ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड १९ को सङ्क्रमण शून्य हुने बताएका थिए ।

त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र सङ्क्रमण भेटिएका थिए । ब्रिटेनमा बुधवारबाट केयर होमहरूमा भर्ती भएका सबै मानिसहरू र त्यहाँका कर्मचारीहरूको कोरोनाभाइरस सङ्क्रमण परीक्षण हुँदैछ । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाहरूमा पनि यो परीक्षण हुनेछ । यसले लाखौँ मानिसहरूलाई परीक्षणको दायरमा ल्याउने बताइएको छ ।

यस्तै, फ्रान्समा मे ११ बाट लकडाउन खुकुलो पारिनेछ । तर त्यहाँ सार्वजनिक यातायात र विद्यालयहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !