विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख १९ हजारबढी संक्रमित

आजभोलि

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २८ हजार १ सय ९७ पुगेको छ ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १९ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा १० लाख २ सयभन्दा बढी उपचार पछि निको भएर घर फर्किएको वल्डोमिटरले जनाएको छ ।

त्यस्तै सङ्क्रमितमध्ये १९ लाख ९० हजारभन्दा बढीको उपचार भइरहेको छ भने उपचार गराइरहेकामध्ये ५९ हजार ८ सय ११ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६ सय ७७ जना संक्रमित भएका छन् । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै २३ सयभन्दा बढीको मृत्यस भएको छ । अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ६१ हजार ६ सय ५६ पुगेको छ । यस्तै १० लाख ६४ हजार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २७ हजारभन्दा बढी, बेलायतमा २६ हजारभन्दा बढी, स्पेन र फ्रान्समा २४ हजारभन्दाबढीको मृत्यु भएको छ ।

  • १८ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !