लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने भारत सरकारको निर्णय

आजभोलि

छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ ।

भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उच्चस्तरीय बैठक बोलाएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयललगायतका अधिकारी बैठकमा सहभागी थिए । भारतमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ भने ११ सय ५० बढीको मृत्यु भइसकेको छ ।

यसैबीच भारतले थप गरेको लकडाउनको अवधिमा विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने भएको छ । ग्रीन जोनमा परेका ठाउँमा लकडाउन केही खुकुलो बनाइने जनाइएको छ ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !