कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३४ लाख बढी संक्रमित

आजभोलि

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ७० पुगेको छ ।

चीनको वुहानबाट गत डिसेम्बर अन्तिमबाट शुरु भएको कोरोनाको महामारीबाट ३४ लाख २ सय भन्दाबढी मानिस संक्रमित भएका छन् ।

विश्वका २ सय १२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८१ हजार १ सय ५६ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्य २० लाख ७९ हजार ५ सय ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३ सय ५५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

हालसम्म अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्र कोरोनाका कारण ६५ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ११ लाख ३१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९० हजार ९९ जनामा संक्रमण देखिएको छ । ९ हजार ४ सय ८० जनाले ज्यान गुमाएका छन् । ६३ हजार ९०५ जना निको भएका छन् भने १ लाख १६ हजार ७१४ जना उपचाररत छन् । ९ हजार ८१२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ४१ हजार ४४६ संक्रमित भएका छन् । १ हजार ६ सय १ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३४८ जना संक्रमित भएका छन् । ११२ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५ सय ५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !