कृषिमा आत्मनिर्भर हुन केही बर्ष लाग्छः मन्त्री भुसाल

आजभोलि

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले हरेक नेपालीले पर्याप्त खान पाउने गरि कृषिमा आत्मनिर्भर हुन केही बर्ष लाग्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले यस्तो बताएका हुन् ।

मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धतासमेत जनाए । उनले अब प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीतिकरण नहुने जनाउँदै विगतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर विगार्ने काम भएको उल्लेख गरे ।

उनले आफू बिग्रिएको स्थिति सुधार गर्न आएको पनि स्पष्ट पारे । त्यस्तै उनले अब नेपालमा उत्पादित कृषि बस्तु खेर नजाने बताए । मन्त्री भुसालले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताए । कृषि उद्योगको नारा लगाईरहेपनि कृषिको औद्योगिकरणको बाटोमा हिड्न नसकिएको उनको भनाई थियो ।

  • २६ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !