कथा: कुमारी

आजभोलि

   देवराज पौडेल

पुरुष कामदारहरु बढी राजनीति गर्ने,अनुचित मागहरु राखी आन्दाेलन गर्ने र कम्पनीलाई नै धारासायी बनाउने स्वभावका पाइएकाले हामीले महिला कामदार मात्र राखेर कम्पनी संचालन गर्न थाल्यौं। बिबाहित महिला कामदारहरुबाट पनि समय समयमा काममा अबराेध आइनै रह्याे। महिलाहरु सुत्केरी बिदामा बस्नाले कम्पनीकाे काममा ९८ दिन सम्म अबराेध आएपछि हामी कुमारी केटीहरुलाई मात्र कम्पनीमा काम दिने निर्णयमा पुग्यौं। हेटौडामा खुलेकाे कम्पनीकाे नयाँ शाखामा हामीले कुमारीहरुलाई मात्र सुबर्ण अबसर भनी विज्ञापन गरेका थियौं। हजारौ कुमारीहरुले आवेदन दिए। त्याे विज्ञापनले व्यवस्थापनमा स्नातक पढ्दै गरेकी सृजनाकाे पनि ध्यान खिचेछ। कामगर्दै पढाईलाई पनि निरन्तरता दिने विचारले उनले हाम्राे कम्पनीमा आवेदन दिइछन्।

हामीले लिएकाे छनौट परिक्षणमा उनी अब्बल निस्किइन्। उनले दिएका जवाफ र उनकाे सामर्थताबाट प्रभावित भएर मैले उनलाई राेजगारी दिने निर्णय गरें। नियूक्ति भएकाे दिनबाटै उनकाे नियमित उपस्थिति रह्याे। उनी समयकाे राम्राे परिपालक थिइन्। प्राप्त जिम्मेवारीलाई उचित समयमै निपूर्णताका साथ सम्पन्न गर्थिन्। उनी हाम्राे कम्पनीमा प्रवेश गरेदेखि नै हाम्राे कम्पनी उज्यालाे भएकाे महसुस गरेकाे थिएँ मैले। कताकता उनकाे व्यक्तित्वले मलाई खिच्दै लगेकाे थियाे।मनले भित्र भित्रै उनलाई सजाउन थालिसकेकाे थियाे। छाेटै समयमा उनकाे कार्यकाे उच्च मूल्याङ्कन गर्दै मैले उनलाई आफ्नाे नीजि सहायकमा राख्ने निर्णय गरें। उनी नीजि सहायक भए पछि मेराे आधा बाेझ हल्का गरिदिइन्। उनलाई आफू अगाडी पाउँदा काम गर्ने उर्जा पैदा भएकाे महसुस गर्न थालेकाे थिएँ। 

एक शुक्रवारकाे दिन भाेलीकाे शनिवार कतै नयाँ ठाउँमा घुम्न जान पाए पनि हुन्थ्याे भनेर उनी समक्ष प्रस्ताव राखें।मनाेज सर! सरले मकवानपुर गडी घुम्नु भएकाे छ?”- उनले प्रश्न गरिन।छैन।म हेटौडाकाे लागि नयाँ नै हुँ।कम्पनीकाे शुरुवाती समयमा पूर्वाधार निमार्णकाे कार्यव्यस्थता र व्यवस्थापकिय कार्यले गर्दा कतै घुम्न पाएकाे हैन्। तिमी आए पछि बल्ल कार्य बाेझ कम भएकाे छ।याे शनिवार फुर्सत मै छु त्यसैले“- मैले उनलाई भने।खाना खाएर जाउँन त सर”  – उनले घुम्न जाने स्वीकृती जनाउँदै भनिन्।

हामी त्याे शनिवार मकवानपुर गडी गयौं।बाटाेमा पर्ने सालक पार्क पनि डुल्यौं।मकवानपुर जिल्लाकाे ऐतिहाँसिक धराेहर मकवानपुर गडीमा हामीले घण्टौं बितायौं।त्यहाँबाट देखिने उत्तर तर्फका हरिया पहाडहरु र दक्षिण तर्फ देखिने समथर खेतका फाँटकाे दृश्यावलाेकन गर्दै आफ्ना कुराहरु आदान प्रदान गरेका थियौं।जीवन र भाेगाईका बारेमा आआफ्ना अनुभव र बिचारहरु साटासाट गरेका थियौं।त्याे शनिवारे घुमाई पछिका दिनबाट उनी मसंग धेरै नजिकिएकी थिइन्।म पनि उनी प्रति आकर्षित भएकाे थिएँ।उनकाे सुन्दरताले मलाई खिच्दै लग्याे। म उनी प्रति नजाँनिदाे तवरले माेहित हुँदैगएकाे थिएँ।सुसुप्त अवस्थामा टुसाउँदै गरेकाे मायाले उनलाई आफ्नाे हृदयमा बास बस्न निम्ता दिन थालेकाे थियाे।

मैले उनमा समिक्षाकाे आत्मा आएर बसेकाे देख्न थालेकाे थिएँ।मेरी स्वर्गवासी समिक्षाकाे रुपसंग उनकाे रुप काटीकुटी मिल्थ्याे।सृजनाकाे आनीबानी समेत समिक्षासंग मेल खान्थ्याे।म समिक्षालाई बिस्तारै भुल्न चाहन्थे।किन हाे सृजनाकाे हँसाईमा समिक्षाकाे मुस्कान पाउँथेँ।सृजनाकाे हिडाईमा समिक्षाकाे लचकता पाउँथेँ।सृजनाकाे बाेलीमा समिक्षाकाे शब्दहरु पाउँथेँ।सृजनाकाे हेराइमा समिक्षाकाे नजर पाउँथेँ।सृजनाकाे मुस्कानमा समिक्षाकाे खु:शी पाउँथेँ।सृजनाकाे व्यवहारमा समिक्षाकाे आभास पाउँथेँ।एक बर्ष अगाडी अस्पतालकाे बेडबाट नवशिशुलाई जन्म दिन नसक्दा सदाकालागि मबाट बिदा भएकी मेरी समिक्षाका संम्पूर्ण पक्षसंग मिल्दीजुल्दी केटी देख्दा म सपनामा छु कि विपनामा झै लाग्थ्याे।म मेराे उजाडिएकाे जीवनमा हरियाली ल्याउन सृजनाले सहयाेग         पुयाइरहेकी महसुस गर्दै थिएँ समय आफ्नै गतिमा चलिरहेकाे थियाे।हामी धेरै बर्ष पहिले देखि संगै काम गर्नै सहकर्मी जस्तै आत्मिय र खुलस्ता हुँदै गइरहेका थियौं।

एक दिन सृजनाले  डराउँदै भनिन।-“सर! म केही दिन बिदा बस्नु पर्ने भयाे।उनी कार्यालयमा नआउँदा खल्लाे महसुस हुने भएकाले मैले साेधेँ -” किन विदा?”म प्रिग्नेन्ट छु सर।डाक्टरले तीन दिन पछिकाे समय दिएकाे छ।“-  शर्माउँदै उनले भनिन्।यति भन्दा उनका गाला लाजले राता भएका थिए।  हाम्राे कम्पनीकाे नीयम उल्लङ्घन गरेकाेमा उनी भयभित देखिन्थिन्।

प्रिग्नेन्ट! तिमी कुमारी हैन र?”- मैले आश्चर्यबाेधक प्रश्न गरेँ।अरुका नजरमा म कुमारी नै हुँ।तर मेराे भित्री आत्माले  तँ कुमारी रहिनस भन्छ।उनले मतिर नहेरी जवाफ दिइन्।उनका कुराले मेराे मथिङ्गल तिलमिलायाे।झिस्केकी हाेली भनेर मैले हतार हतार जिज्ञासा राखेँ-“तिमीले कैले बिबाह गरेकी थियौ?” उनी अगाडी आफ्नाे कथा सुनाउँदै गइन्।

हजुरआमा सिकिस्तै भए पछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे।हजुरआमाकाे हेरबिचार गर्न भनी म निजगढबाट बस चडेँ।बसकाे ढाेकाबाट  माथि उक्लिएर बस भित्र नियालेँ।बस धेरै खचाखच थियाे।सिटहरु खाली थिएनन्।म सिट छैन भनेर उत्रन खाेजेँ।ड्राइभरले पछाडी फर्किएर हेयाे।उत्रनै लागेकी मलाईआे बैनी यहाँ बस,हेटौडा गएर त्याे सिट खाली हुन्छ“- भनेर ड्राइभरकाे वायाँ छेउकाे सिट खाली हुने आस्वासन दियाे।बर्नरमा बसेकाे यात्रुलाई मिलेर बस्नुस् भनी मेराेलागि पनि बर्नरमा बस्ने चाँजाे मिलाई दियाे।हेटौडा नपुगुन्जेल म ड्राइभरसंग टाँसिएर बर्नरमा बस्न बाध्य भएँ।समय समयमा गेर बदल्दा ड्राइभरकाे कुहिनाले मेराे तिग्रामा घाेची रहन्थ्याे।बेलाबेलामा उस्का नसालु हेराइ मेरा आँखामा आएर ठाेकिन्थे।म लजाउँथेँ। उ मुस्कुराउँथ्याे।हेटौडा पुगे पछि सिट खाली भयाे। पूर्व जानकारी अनुरुप म वर्नर बायाँकाे अगिल्लाे खाली सिटमा गएर बसे।म जुन सिटमा थिएँ,त्यसकाे बाहिरी भागमा लुकिङ्ग ग्लास थियाे। लुकिङ्ग ग्लास हेर्ने निहुँमा त्याे  ड्राइभर मलाई बारम्बार हेरिरहन्थ्याे।उस्काे हेराइमा एक किसिमकाे सम्माेहन थियाे।एक चाेटी उस्का चाेर आँखाले  मेराे छाती तर्फ नियाल्दै थियाे अगाडीबाट बत्तिएर आएकाे माेटरसाइकल झन्डै बस भित्र छिरेन।त्यस पछि उ अलि  सम्माल्लियाे।गाडी बसामाढी कटेपछि उस्ले बाेल्न शुरु गयाे।

कहाँ हिडेकी बहिनी?”मैले भरतपुर सम्म भने पछि किन भनेर पनि साेध्याे।म साेझी मान्छे अस्पताल हिडेकाे भनिदिएँ।लाेथर पुगेपछि खाजा खान गाडी राक्याे। म खाजा खान बसेकाे टेबलमा आएर उ पनि बस्याे।हामीले संगै खाजा खाँयौं।मैले खाएकाे खाजाकाे पैसा पनि कन्टक्टरलाई तिर्न लगायाे।मैले हतार हतार आफ्नाे पैसा तिर्न खाेजेँ।काउन्टरमा दिन लागेकाे मेराे पैसा खाेसेर मेराे पर्समा हालिदियाे।बस अगाडी बड्याे।गाडी भरतपुर पुगे पछि म अस्पताल चौकमा झरेँ।हतारिदै अस्पताल तर्फ छिटाे छिटाे पाइला बडाएँ।अस्पताल पुगेर हजुरआमा लाई राखेकाे बेड खाेजेँ।हजुरआमाकाे फाेक्साेमा पानी जमेकाे रहेछ।म उहाँकाे सेवामा जुटेँ।

अस्पताल पुगेकाे त्याे रात बालाई पालाे दिएँ।बा धेरै दिन देखि अनिदाे हुनुहुन्थ्याे।बालाई सुत्न आफन्तकाेमा पठाएर म हजुरआमाकाे साथी बसेँ।राती नौ बजे हजुरआमालाई अौषधि खुवाएर सुत्न आग्रह गरेँ हजुरआमा सुते पछि खाना खान क्यानन्टिनमा झरेँ।क्यानटिनकाे खाना त्यति मिठाे लागेन।थाेरै खाना खाएर बिल तिर्न काउन्टरमा गएँ।पाँच सयकाे नाेट झिकेर काउन्टरमा दिन लाग्दा कसैले पछाडीबाट मेराे पाँच सयकाे नाेट फुत्त तान्याे।झसङ्ग भएर पछाडी फर्किएर हेरेँ।उहि दिउँसाे आएकाे बसकाे ड्राइभर रहेछ।म तिर्छु।मैले पनि यहिँ खाना खाएकाे भन्दै उस्ले हजारकाे नाेट दियाे र पाँच सय मेराे हातमा थमायाे।म के भन्नु न के गर्नु भएँ।

काेठामा एक्लै छु।खाना बनाउन अल्छी लाग्छ।दिनभरी गाडी चलायाे थाकिन्छ।यहाँ खाना खायाे अनि गएर पल्टीयाे।बिहान झिसमिसे देखि नै गाडीकाे स्टेरिङ्ग समात्याे। दिन भरी स्टेरिङ्ग बटारिरह्याे।एक दिन भरतपुर त अर्काे दिन धरानकाे बास हुन्छ।डेरा यहि नजिकै छ।“- क्यान्टिनबाट बाहिरिदै गर्दा उस्ले आफ्नाे बेलिबिस्तार लगाउँदै मेराे पछि लाग्याे।म पनि तिम्राे हजुरआमालाई हेर्छु नी भन्दै हाम्री हजुरआमा सुतेकाे क्याविन सम्म आयाे।

हजुरआमाका आँखा लाेलाएका रहेछन्।हजुरआमालाई बिउँझाउन चाहेन्।उ धेरै बेर सम्म मसंग  गफिएर बस्याे।एघार बजे तिर उ अस्पतालबाट बाहिरियाे।भाेली पल्ट म आफन्तकाेमा सुत्न गएँ।बाले हजुरआमालाई कुर्नु भयाे।पर्सी पल्ट मेराे कुर्ने पालाे थियाे।बा आफन्तकाेमा सुत्न जानु भयाे।बा गए पछि हजुरआमालाई अौषधि दिएर म क्यान्टिनमा खान गएँ।खाना मगाउँदै थिएँ।एक्लै खाने हाे? हामी पनि भाेकाएर आएका छौ।“- भन्दै उहि ड्राइभर क्यान्टिनमा देखा पयाे।त्याे रात पनि हामीले संगै बसेर खाना खायौं।खाना खाएर अस्पतालकाे क्याविन तर्फ आउँदा उ पनि पछि पछि आयाे।

हजुरआमाकाे क्याविन बाहिर प्यासेजमा स्टीलकाे मेच राखिएकाे थियाे। मलाई केहि बेर त्यहि चिसाे मेचमा राखेर ताताे कुरामा भुलाउँदै भन्याे-” तिमीलाई छाडेर अस्ती काेठामा गए पछि मलाई निन्द्रै लागेन।तिम्राे अनुहार मात्र आँखामा नाचिरह्याे।तिमीले बाेलेका सुमधुर शब्दहरु मात्र कानमा गुन्जिरहे।याे मनले तिमीलाई साथी बाना भन्छ। के म तिम्राे साथी बन्न सक्छु? मलाई  ड्राइभर साेचेकी हौली।त्याे मेराे आफ्नै गाडी हाे।अहिले ड्राइभरकी श्रीमती बिरामी भएकाेले उ घर गएकाे छ।त्यसैले केही दिनलाई काम चलाएकाे हुँ।मैले पनि ब्याचलर गरेकाे छु।मास्टर पढन काठमाण्डौं जाँदैछु।कलेजमा कति केटी साथीहरु देखेँ तर तिमी मेराे आँखामा नहट्ने गरी बस्यौ।किन किन तिम्राे व्यक्तित्वले तिमी समिप खिचिरहेझै लाग्छ।मलाई के भयाे कुन्नी सपनी विपनी जुनसुकै समयमा तिमीलाई नै देखिरहन्छु।याे मनले कल्पनामा हाम्राे सुन्दर संसारकाे स्वप्निल महल ठड्याउँछ।दिमाखमा नलिउँ भन्छु तर तिमी मन मस्तिष्कमा नाचिदिन्छेउ। तिमी नै भन म के गरु?”

मेराे कुरकुरे बैंस बाेकेकाे मनले उस्का ती मिठा कुरा साेह्रैआना पत्याएछ।मेराे यौवनकाे फक्रदाे फूलकाे सुवासले उ लठ्ठिएकाे थियाे भने भ्रमराले रस स्वादन गर्दा फूल जसरी राेमान्चित हुन्छ त्यसरी नै म उस्का कुराबाट राेमान्चित हुँदै गएछु।राती एक बजे सम्म आकास पतालका कुरा गरेर उस्ले लठ्ठ पायाे मलाई।नर्सले हजुरआमाले खाेज्नु भयाे भनेर संझाए पछि म झसङ्ग भएर उठे।उ एक बजे राती बिदा भयाे।अर्काे एक दिन पछि हर्लिस र फलफूल बाेकेर आयाे र घण्टौ बसेर मायाकाे जाल फालेर गयाे।यसरी दश दिनकाे अस्पताल बसाइमा उस्ले पाँच दिन भेट गयाे।त्यहि पाँचवटा भेटमा उस्ले माया जालमा फसायाे।सफेराले बिन बजाएर सर्प लठ्याए झै म उस्का मायालु बाेलीबाट लठ्ठिएँ।दश दिनमै उसंग माया बस्याे। हजुरआमालाई डिस्चार्ज गर्ने दिन म अस्पतालबाटै उसंग भागेँ।

उस्ले मलाई डेरामा लगेर राख्याे।शुरुका दिनहरुमा उस्ले धेरै माया बर्सायाे। म छुट्टै दुनियाँमा हराएँ। उस्कै मायामा भुलेर एक महिना बिताएँ।घर परीवार, बा, आमा, हजुरआमा कति पिराेल्लिएका हाेलान मलाई केही मतलव नै भएन।एक महिना पछि मलाई उस्काे घर हेर्ने ईच्छा भयाे।सासु ससुरा भेटी आर्शिबाद लिने बिचार आयाे।मैले उसंग घर जाने   मनसाय व्यक्त गरेँ।मलाई उस्ले उस्काे घर ठाेरी लग्याे।उस्काे घर पुगेकाे दिन म छाङ्गाबाट खसे झै भएँ।याे पृथ्वी फनफनी घुमे झै भयाे।उस्काे त घरमा श्रीमती र एक छाेराे पनि रहेछन्।मेराे हाेस हवास नै उड्याे।नौ नाडी गलेर आयाे।क्वाँ क्वाँ डाँकाे छाडेर रुएँ।किन ढाँट्यौ? मैले उस्लाई रुँदै साेधेँ।तिम्राे रुपले मलाई माेहित पायाे।नढाँटेकाे भए तिमी मेराे पछि लाग्ने थिइनौ।जे भयाे बिर्सिदेउ।मिलेर बसौं।चिन्ता नलेउ“- भनेर फकायाे।भाेली पल्ट मलाई ठारी मै छाडी उ भरतपुर फर्कियाे।

उ हिँडे पछि सौता र सासु मिलेर मलाई लछार पछार पारे।नानाथरीका आमा चकारी गाली गरे। सौता माथि ठूलाे भाग खान आएकी राँडी लौ खा भन्दै सासु कपाल भुत्लाएर समाउने सौता लौराेले बर्साउने गरेर थिलथिलाे हुने गरी कुटे।खाना समेत दिएनन्।त्याे लाेग्ने भनाउँदाे पनि असली ड्राइभर रहेछ। उस्ले दश कक्षा सम्म मात्र पढेकाे रहेछ। उस्ले भनेका सबै कुरा झुटा रहेछन्।मलाई त्याे फटाहा  लाेग्नेसंग घरजम हुन्छ जस्ताे लागेन।त्याे सौता भएकाे घरमा बस्ने वातावरण पनि रहेन।त्याे घरमा बस्न नसक्ने बुझि सदाकाे लागि त्याे घर छाडेर म निजगढ आएँ।निजगढमा मेराे दाईलाई म अन्यायमा परेकाे कुरा सुनाएँ।दाईले साथी बटुलेछ निजगढ चौकमा गाडी राेकेर त्यस ड्राइभरलाई भकुरेछन्।अनि उस्ले धरान नारायणगढ  रुटमा गाडी चलाउनै छाड्याे।अनि मैले पनि उस्लाई छाडिदिएँ।मलाई निजगढ बसिरहन पनि मन लागेन्।पढाईलाई निरन्तरता दिन्छु भनि म हेटौडा आएँ।वि.वि.यस. प्रथम बर्षमा नाम लेखाएँ।पाेइला हिँडेकी म छाेरीलाई बासंग पढाई खर्च माग्न असजिलाे लाग्याे।अनि म राेजगारकाे खाेजीमा थिएँ।

तपाइकाे कम्पनीमा कुमारीलाई राेजगारकाे अवसर भन्ने बिज्ञापन पढन पाए पछि मैले मेराे सिन्धुर पुछेँ।पाेते कर्रा खाेलामा फालिदिएँ।लाेग्ने त आफ्नाे हुनसकेन भने उस्काेलागि के सिन्धुर पाेते लाउँ।श्रीमान नभएकाले म कुमारी साे सरह भएँ।त्यसैले हिम्मत गरेर आवेदन दिएँ।तर मेराे पेटमा ड्राइभरले निसानी छाडेकाे रहेछ, मलाई हेक्का भएन।डेड महिना पछि शंका लागेकाे थियाे।जागिर भैसकेकाले बढ्दै गएकाे पेटलाई ढाकछाेप गर्न तर्फ लागे।तपाई मेराे नजिक हुँदै जानु भयाे।एउटा कम्पनीकाे मेनेजर कामदारकाे नजिक हुँदा म जस्ती एउटा श्रीमान त्यागेकी व्यक्तिकाेलागि सुअवसर नै ठानी आफ्नाे भेद खाेल्न चाँहिन।जाडाे महिना नजिकिएकाले माेटा ज्याकेट लगाएँ जस्ले बढदै गएकाे पेट ढाक्न मद्दत गयाे।तर डाक्टरले दिएकाे समयले नेटाे काट्न लागेकाले  आज बिदा माग्न बाध्य भएँ।अब लुकाउन सम्भब छैन।“- उनले रुन्चे स्वरमा भनिन्। कम्पनीकाे मूल्य मान्यता विपरित कम्पनीलाई समेत गुमराहमा राखेर आवेदन दिएकाले तिमीलाई अवकासै गर्नु पर्ने हाे कम्पनीकाे काममा अन्ठान्नब्बे दिन सम्म बाधा पर्ने भएकाले बिबाहित महिलालाई हामीले राख्न नचाहेकाे हाे।त्यसैले तिम्राे विदा म स्वीकृत गर्न असमर्थ छु।“- मैले भने

तपाई आमा बिनाकाे छाेराे हाे?तपाईकी आमा पनि एक समयमा कुमारी नै हुनुहुन्थ्याे।तपाई तिनै आमाकाे छाेराे हुनु हाे।आफ्ना मजदुरहरुलाई कुमारी नै बस्न तपाईकाे कम्पनीले  अप्रत्यक्ष रुपमा जुन दबाब दिइएकाे छ त्याे महिला अधिकार विपरित छ।एउटी कुमारीकाे उचित उमेरमा बिबाह गर्ने अधिकार,बिबाहित महिलाले सन्तान जन्माउने अधिकार प्राकृत अधिकार हाे।तपाईकाे कम्पनीले सृष्टीकाे नियमलाई नै चुनौती दिदै बिबाह पनि नगर,सन्तान पनि नजन्माआे भन्छ।हरेक महिलाले सन्तान नजन्माउने हाे भने तपाई जस्ता पुरुषहरु राँडै बस्नु पर्ने हुन्छ। के तपाईकाे भाली सन्तान हुँदैन?कम्पनीकाे उत्पादनमा अबराेध आउँछ भनेर एउटी नारीकाे नैसर्गीक अधिकार हनन गर्न पाउँदैन कम्पनीले।के कम्पनी कानूनमा महिला कामदारलाई सुत्केरी बिदा दिन नमिल्ने भन्ने व्यवस्था छ र?मैले विदा पाँइन भने कम्पनी रजिष्ट्रारकाे कार्यालयमा तपाईकाे कम्पनीकाे बिरुद्ध उजुर गर्नेछु।यदि विदा स्वीकृत गर्नु हुन्छ भने ठीकै छ हैन भने राजीनामा पत्र स्वीकृत गर्नुस् भनेर दुबै पत्र मेराे टेवलमा बजारिन् र बाटाे लागिन। उनका कुराले म प्रभावित भएँ।वास्तवमा मजदुरहरुलाई अन्याय भएकाे थियाे।

मैले अपर्झट भाेली पल्टै संचालक समितिकाे बैठक बाेलाएँ।उनकाे समस्या उपर छलफल  चल्याे।कानूनका कुरा,महिला अधिकारका कुरा, बाल अधिकारका कुरा,मजदुर अधिकारका कुरा,सृष्ट्रीका कुरा माथि लामाे छलफल र डिभेट चल्याे।निचाडमा उनकाे बिदा स्वीकृत गर्ने र बिबाहित महिलालाई पनि कम्पनीमा अवसर दिने भन्ने संचालक समितिले निर्णय गयाे।

उनी दुई दिन पछि अस्पतालमा भर्ना भईन।डिष्चार्ज पछि नव शिशु सहित उनलाई मैले मेरै क्वाटरमा लिएर आएँ।

लालबन्दी:, सर्लाही

[email protected]

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !