विदेशमा अलपत्र नेपालीको एक महिनाभित्र उद्धार गरिसक्न संसदीय समितिको निर्देशन

आजभोलि

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले अलपत्र अवस्थामा रहेका श्रमिकलाई कम्तिमा एक महिनाभित्र उद्धार कार्य सम्पन्न गर्ने व्यवस्थित कार्ययोजना निर्माण गरी हाल अलपत्र अवस्थामा परेका नेपालीहरुलाई ल्याउने कार्य तत्काल सुरु गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रभावकारी काम नगरेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले नेपालीको उद्धारका लागि आवश्यक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरुसँग बेलैमा समन्वय गर्न पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि समितिले निर्देशन दिएको छ । यस्तै, समितिले विदेशबाट उद्धार गरी ल्याइएकाहरुलाई क्वारेन्टिनमा राख्ने, सम्बन्धित प्रदेश र स्थानीय तहहरुमा पठाउन सहकार्य गर्न श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति बिमल श्रीवास्तवले जानकारी दिए ।

बैठकमा श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अप्ठेरोमा परेका नेपालीहरुलाई प्राथमिकतामा आधारमा नेपाल ल्याइएको बताए । विदेशमा कामबाट निकालिएका र खर्च पनि नभएकाहरुलाई दुतावासको समन्वयमा स्वदेश ल्याउने कार्य गरिने उनले बताए ।

समिति सदस्यहरुले भने कोरोना महामारीमा सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका थिए । उनीहरुले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई फर्काउन सरकारले सम्बन्धित देशका नेपाली दूतावाससँग समन्वय नगरेको आरोप पनि लगाएका थिए । बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले विदेशमा अलपत्रको संख्या अझैपनि ६८ हजार भन्दा बढी रहेको बताए ।

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !