रेडक्रसमा नेकपाको राजनीतिः तदर्थ समितिको म्याद एक वर्ष थप

आजभोलि

काठमाडौं । नेपाल सरकारले रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद एक वर्ष थपेको छ । एक वर्षभित्र नयाँ कार्य समिति गठन गर्ने र कार्य समिति गठन नहुन्जेलसम्म तदर्थ समितिले नै कामकाज गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल सरकारले तत्कालिन रेडक्रसको केन्द्रीय कार्यसमितिले अनियमितता गरेको र नियम अनुसार नचलेको भन्दै निर्वाचित समिति भंग गरेको थियो । २०७७ साउन १२ देखि सरकारले नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्य समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरेको थियो ।

सरकारले नियोजित राजनीतिक पूर्वाग्रहका आधारमा निर्वाचत आधिकारिक समिति भंग गरी नयाँ तदर्थ समिति गठन गरेको तत्कालिन कार्यसमितिले आरोप लगाएको छ । रेडक्रसमा लोकतान्त्रिक विचार समूहले नेतृत्व गरिरहेको कारण सरकारले नेकपा नजिकका नियुक्ति गरेको आरोप लागेको छ।

सरकारले कानुन विपरित प्रदेश संरचना बनाउन र आफू निकटलाई केन्द्रीय समितिमा ल्याउनका लागि आफू नजिकका व्यक्ति मनोनित गरेको विगठन समितिले जनाएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !