ढुसी परेको खाना खानुहुन्छ ?  कलेजोमा पुग्ला क्षति

अरूणा उप्रेति

आजभोलि

अमेरिकाबाट भर्खरै आएकी दुई वर्षीया नातिनीलाई कमलपोखरीकी ५५ वर्षीया खकुरेल थरकी महिलाले सेरेलेक किनेर ख्वाइछन् खाएको ४ घन्टाजति पछि ती बालिकालाई झाडाबान्ता भयो बढी नै हुन थालेपछि उनलाई अस्पताल लगियो उपचारका क्रममा डाक्टरले बालिकाले खाएका खानाबारे जानकारी लिए उनलाई सेरेलेक खुवाएको जानकारी पाएपछि डाक्टरले सेरेलेकको म्याद गुज्रिसकेको थियो कि भनेर शंका व्यक्त गरे डाक्टरको कुराले हजुरआमा झसङ्ग भइन् घरमा गएर राम्ररी हेर्दा सेरेलेक नामक त्यो पीठोमा मसिना कीरा परेको र ढुसी लागेको पाइयो सेरेलेकको म्याद कतै लेखिएको रहेनछ त्यो सेरेलेक फालियो यो केही समयअघिको घटना हो

एक उपभोक्ता बालकृष्ण  अनुभव छ, “ एकपटक केही प्याकेट चाउचाउ किनेर ल्याएको थिएँ एकदिन चाउचाउको प्याकेट खोलेर हेरेको त सेतो रंगको चाउचाउमा कालोकालो पदार्थ देखेँ भाँडामा चाउचाउ खन्याएर हेर्दा थुप्रै ससाना वस्तु पानीमा तैरिएको देखेँ चम्चाले निकालेर हेर्दा ती त मरिसकेका घुन पो रहेछन् यसबारेमा सम्बन्धित कम्पनीमा भन्न खोज्दा पनि सफल भइन मैले त्यो कम्पनीमा इमेल लेखेर पठाएँ, फोन गरँे वास्तै गरेनन्

यस किसिमका गुनासा थुप्रै भेटिन्छन् कतिपयले पकाउनुभन्दा पहिले नै देख्छन् र फाल्छन्, कतिपयले देख्दैनन्, खाएर बिरामी पर्छन् यस्ता सडेका खाद्यवस्तुबाट बालबालिका बढी पीडित हुने गरेको पाइन्छ

यस्ता घटना हाम्रो समाजमा बराबर भइरहेका हुन्छन् तर प्रकाशमा आइरहेका हुँदैनन् बाहिर किनिएका पाकेटबन्द खाद्यवस्तुहरुको उत्पादन मिति र खान मिल्ने अन्तिम म्यादबारे नेपाली उपभोक्ता त्यति सचेत रहेको पाइँदैन त्यसैले गर्दा यस्ता पाकेटबन्द खाद्यवस्तुहरुमा म्याद नलेख्ने, म्याद गुज्रिएको भए पनि बजारमा पठाउने र बिक्री गर्ने गरेको पाइन्छ

साथै कतिपय उत्पादक तथा विक्रेताहरुले त खाद्यवस्तुमा लेखिएअनुसारको म्याद गुज्रिएपछि पुनः नयाँ म्याद लेखिएको लेबल टाँसेर बजारमा पठाउनेजस्ता आपराधिक काम गरेर जनस्वास्थ्यमा खेलबाड गर्ने गरेको पनि पाइएको छ अझ गाउँघरमा त प्रायः उत्पादन मिति र म्याद गुज्रिने मिति पनि नलेखी वा म्याद गुज्रिएपछि सच्याएर स्टिकर टाँसी पठाउने गरेको पनि पाइन्छ खाद्यवस्तुमा उत्पादन मिति र त्यसको खान हुने अवधिको मिति हेर्ने बानी नभएकोले पनि उपभोक्ता ठगिने र व्यापारी मोटाउने काम भइरहेको छ

गत असोज महिनामा विशाल ग्रुपले यस्तै आपराधिक काम गरेको सार्वजनिक भएको थियो त्यस समूहले म्याद गुज्रिएका धेरै तयारी खाद्यवस्तुमा नयाँ म्याद लेखिएका स्टिकर टाँसेर बजारमा ल्याएको सरकारी निरीक्षणका क्रममा पत्ता लागेको कुरा प्रकाशमा आएको थियो यो छड्के जाँचका क्रममा फेला पारेको घटना मात्र हो कानुनी कारबाही प्रभावकारी नभएकोले त्यस्ता आपराधिक कार्य व्यापारीहरुले सधैँजसो गरिरहेको देखिन्छ उपभोक्ता सचेत नभएसम्म यस्ता घटनाले प्रोत्साहन पाई नै रहेका हुन्छन् त्यसैले उपभोक्ताले नै यस्ता वस्तुलाई अस्वीकार गर्ने बानी बसाल्नुपर्छ

म्याद नाघेका खानेकुराहरुले तत्कालै र दीर्घकालीनरुपमा स्वास्थ्यमा असर पु¥याउँछन् तर कतिपयलाई यसबारे जानकारी नै छैन म्याद गुज्रिएर ढुसी लागेका र कीरा लागेका खानेकुराले हाम्रो स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्छ

म्याद जुज्रिएका खाद्यवस्तु खाँदा झाडापखाला लाग्ने, बान्ता हुनेजस्ता तत्कालीन समस्या हुन्छन् साथै म्याद नाघेका र ढुसी परेका खाद्यवस्तुहरु प्रयोग गर्दा दीर्घकालीनरुपमा कलेजोमा समस्या हुन सक्छ बाहिरबाट आएका वा कारखानामा बनेका पाकेटबन्द खाद्यवस्तुलाई लामो समयसम्म सुरक्षित राख्न त्यसमा विभिन्न रसायनहरु पनि मिसाइएको हुन्छ त्यस्ता रसायनहरुमध्ये कतिपय अखाद्य पनि हुन सक्छन्   त्यसले पनि स्वास्थ्यमा नकारात्मक असर पार्छ

हालैको घटनामा हर्लिक्स र चकलेटजस्ता वस्तुहरुको मिति सच्चाएर ठूलो मात्रामा बजारमा पठाएको कुरा प्रकाशमा आएको छ यी वस्तु स्वास्थ्यका दृष्टिले राम्रा नभए पनि चेतनाका अभावले नेपाली बजारमा धेरै बिक्री हुने वस्तु हुन् त्यस्ता वस्तुहरु म्याद गुज्रिएपछि मिति सच्याएर बजारमा पठाउनु भनेको निकै घातक कार्य हो यस्ता घातक कार्य विगतमा पनि बेलाबेलामा हुने गरेको भए पनि यो वर्ष संसारभर नै लामो समय लकडाउन भएकाले ठूलो मात्रामा पाकेटबन्द खाद्यवस्तुहरु म्याद गुज्रिएको अवस्थामा स्टक रहेका छन्

हाम्रो समाजमा घरमा लामो समय राखेको अन्नमा यदि घुन, भुसुना लाग्यो भने घाममा सुकाउने वा धेरै नै पुरानो छ भने चरालाई दिने चलन छ तर प्याकेटमा कीरा र ढुसी लागेका वस्तुचाहिँ म्याद अर्को राखेर उपभोक्तालाई दिने ठूला व्यापारीको चलन छ

घरमा बनाएको अचारमा ढुसी लाग्यो भने त्यो प्रयोग गरिन्न तर बाहिरका व्यापारिक प्रयोजनले बनाइएका अचारमा ढुसी लाग्यो भने त्यसलाई मजासँग चलाइदिएर नयाँ म्यादको स्टिकर टाँसी बेच्दा उपभोक्ताले किनिरहेका हुन्छन् उपभोक्ताले म्याद गुज्रिएको र ढुसी परेको थाहा नपाउँदै उपभोग गर्छन् त्यति मात्र होइन, कतिपयले त त्यस्तो वस्तु खाँदा स्वास्थ्यमा गम्भीर हानि पुगिसकेपछि पनि त्यसकै कारणले होला भनेर अनुमानसम्म गर्न सकेका हुँदैनन्

ढुसी भएको खाद्यवस्तुले कलेजो बिगार्न सक्छ त्यसैले यस्ता वस्तुभन्दा घरका ताजा खानामा जोड दिनुपर्छ घरको ताजा रोटी, हलुवा, खिचडी खाँदा कोरोनाको महमारी चलिरहेका बेला रोगसँग लड्ने शक्ति पनि बढ्छ

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !