को हुन अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ?: काउण्टी अफिसरदेखि ह्वाइटहाउसम्म !

लोकू बाराघरे

एजेन्सीको सहयोगमा लोकू बाराघरेको डिजिटल रिपोर्ट,

डेमोक्र्याटिकबाट कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् । जो बाइडन राष्ट्रपतिमा चयन भएसँगै उनी पनि उपराष्ट्रपतिमा विजयी भएकी छन् ।

कमला ह्यारी राष्ट्रपतिको उम्मेद्वार थिइन । उनले २० हजार भन्दा बढी मानिसहरुको भिडमा राष्ट्रपतिको उम्मेद्वार घोषणा गरेकी थिइन । उनी जो बाइडनको प्रतिस्पर्धी थिइन । बाइडनमाथि निर्मम आलोचना समेत गरिन् । जब डेमोक्र्याटिक पार्टीले बाइडनलाइ राष्ट्रपति र ५५ वर्षिया ह्यारिसलाई उपराष्ट्रपति बनाएपछि उनी बाइडनको क्याम्पियनमा लागिन् । राष्ट्रपति ट्रम्पमाथि दबाब सिर्जना गरिन ।

क्यालिफोर्नीयाबाट सिनेटरको उम्मेद्वार बन्दा उनले दिएको भाषणले निकै चर्चा पाएको थियो । उनी प्रभावशाली वक्ताको रुपमा स्थापित भइन । डेमोक्र्याटिक पार्टीको नेताको रुपमा स्थापित भइन ।

जीतसँगै उनले ट्वीट गर्दै भनिन्, यो निर्वाचन हाम्रा लागि निर्वाचन भन्दा पनि धेरै माथिको थियो । यो अमेरिकी आत्मा वा अशलका लागि लडिएको लडाइ थियो । हाम्रा लागि अझै धेरै काम गर्नु छ । यो त शुरुआत मात्र हो ।

क्यालिफोर्नीयाको डेमोक्र्याटिक नेता ह्यारिस ओकल्याण्डमा जन्मेकी हुन । उनी भारतीय मूलकी आमाबाट पैदा भएकी हुन् । उनी आमा हिन्दू थिइन् । बुवा आफ्रिकी मुलका थिए । उनले आफूले भोगको विभेदको बारेमा पनि बारम्बार भन्दै आएकी छन् ।

उनले होवार्ड विश्वविद्यालयबाटमा अध्ययन गरेकी थिइन । चार वर्ष होवार्डमापछि उनी कानुन पढ्न क्यालिफोर्नीया विश्वविद्यालयमा गइन । पढाइपछि उनले अलामेड काउण्टीको डिस्ट्रीक एटोर्नी अफिसबाट आफ्नो जागिरे जीवन शुरु गरेकी थिइन् ।

सन २०० ३ मा फान्सिस्कोमा उच्च अधिवक्ता भइन् । यसपछि उनी क्यालिफोर्नीया की एटोर्नी जनरल भइन् । सबै भन्दा बढी जनसंख्या भएको राज्यमा पस्थानमा पुग्ने उनी पहिलो महिला भइन । उनी यस पदमा दुइ कार्यकाल काम गरिन् । जसमा उनले प्रहरी तथा न्यायिक प्रणालीको बारेमा उल्लेख्य काम गरिन् ।

सन् २०१७ मा उनी क्यालिफोर्नीया राज्यबाट जुनियर यूएस सीनेटरको निर्वाचन लडिन । र, निर्वाचित भइन । उनले सिनेटमा आफ्नो प्रभाव जमाइन् ।

उनी प्रभावशाली महिला अभियान्ताको रुपमा पनि परिचित छन् । उनले राजनीतिमा आएपछि रंगभेदबिरुद्धको मुद्धालाई प्राथमिकतासाथ उठाउँदै आइन् । उनले आफू कालो वर्ण भएको पनि आफू खास अमेरिकन भएको दाबी गदैृ आइन । कहिले पनि हार खाइनन् ।

अब उनी ह्वाइट हाउसमा आफ्नो क्षमता देखाउने छन् । निर्वाचनताका गरेका हर प्रतिबद्धता पूरा गर्न बाइडनको सहयोगीको रुपमा काम गर्नेछिन् ।

 

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !