कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक: अर्थमन्त्री

आजभोलि

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस(कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेकोे बताएका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडले विश्वमै असर पारेकाले नेपालमा पनि यसको ठुलो चुनौतिको विषय रहेकाले यसलाई कम गर्न सरकार एक्लैले नसक्ने भएकाले निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताएका हुन ।
सरकारले अग्रभागमा रहनुपरेपनि एक्लैले नसक्ने भएकाले यसका लागि निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताउँदै अर्थमन्त्री पौडेलले कोभिडले सिर्जना गरेका चुनौतिलाई कम गर्नका लागि सरोकारवाला निकाय सवैको योगदान अपरिहार्य रहेको बताए । विशेषगरी अहिले लगानी बृद्धि,उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ निजी क्षेत्रसँग सहयात्रा गर्ने बताउँदै अर्थमन्त्री पौडेलले नेपाली अर्थतन्त्रलाई चलायमान गराई लगानी रोजगारी बृद्धिमा केन्द्रित भई अर्थतन्त्र तुल्याउने दिशातर्फ अगाडि बढ्ने बताए ।
सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्र बीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतिहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने बेला आएको अर्थमन्त्री पौडेलले भनाई छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न सरकारले विशेष कार्यक्रम आवश्यक रहेको बताए ।
अवको दिनमा समुन्नत मुुलुक निर्माणका लागि निजी क्षेत्र रणनीति बनाएर काम गर्न लागेकाले यसको लागि सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाई छ । महासंघले १० वर्षे रणनीतिपत्र तयार पारी आगामी एक सय दिनभित्रमा अन्तिम रुप दिई सार्वजनिक गर्ने बताउँदै अध्यक्ष गोल्छाले दिगो आर्थिक बृद्धि, रोजगारी, राजस्व बृद्धि गर्ने काम निजी क्षेत्रले गरेको बताए । समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको योगदान पु¥याउन व्यसायी मैत्री बातावरण अपरिर्हाय रहेको बताउँदै उनले प्रत्यक्ष अनुदान, राजस्व छुट, साँवाब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनको विषयमा सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए । दोहोरो दरको आर्थिक बृद्धि, वार्षिक चार लाख युवालाई रोजगारी सिर्जना, व्यापार घाटा न्युनीकरण गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन निजी क्षेत्र आतुर रहेको उनको भनाई छ । कोभिड १९को प्रभाव कम गरी अर्थतन्त्रको पुनरउत्थान गर्ने रणनीतिको मुख्य लक्ष्य रहेको गोल्छाको भनाई छ ।
कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको उनको भनाई छ ।
लगानी वृद्धि, रोजगारी विस्तार र व्यवसायीक वातावरण निर्माणका लागि अहिले रहेका एक दर्जन बढी नीति एवं कानूनहरुमा सुधार गर्नुपर्ने आवश्यकता रहको र निर्यात बढाउन केही अन्तर्राष्ट्रिय लगानी सम्झौताको पुनरावलोकन एवं विस्तार गर्नुपर्ने देखिएको गोल्छाले जानकारी दिए । ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेसमा लागत बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रम नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोभिडको प्रभाव पारेको अर्थतन्त्रलााई चलायमान बनाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

 

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !