कोरोनाको कारण सभा जुलुशमा सरकारद्वारा रोक

आजभोलि

काठमााडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ ।

भारतमा कोरोना भाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारतमा केही हप्तादेखि कोरोना संक्रमण बढेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने जनाएको छ ।

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजरलगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । यस्तै, सामाजिक तथा भौतिक दूरी प्रयोग गर्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वक्तव्यमा जनाइएको छ ।

 

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !