पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ कोरोना संक्रमित

आजभोलि

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका पाँच हजार ७ सय ६ जना सङ्क्रमित थपिएका छन् । १४ हजार ९ सय ६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७सय ६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सो अवधिमा १९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १ हजार २ सय ८७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ४३ हजार २१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५६६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५७ जनामा पोजेटिभ पाइएको छ ।
हालसम्म दुई लाख ८२ हजार ३८२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २ सय ९८ जनाको मृत्यु भएको छ । हाल ४३ हजार २ सय १३ जना आइसोलेशनमा छन् ।

 

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !