नेपाल अहिलेसम्म कोरोनाबाट मर्नेको संख्या उच्च

आजभोलि

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनाबाट मर्नेको संख्या ५५ पुगेको छ । मृतकको संख्या अहिलेसम्मकै उच्च हो । नेपालमा हालसम्म कोरोनाबाट कुल तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाभाइरसका ७ हजार ५ सय ८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५ सय ८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबिस घण्टामा २५ लाख ३७ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ५९ हजार ७९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ७७५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ८७ हजार ७९० जना कोरोनामुक्त भएका हुन् ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !