सुदूरपश्चिममा कोरोना परिक्षण गरिएका मध्ये ५० प्रतिशतमा पोजेटिभः संक्रमितको संख्या ३० हजार नाघ्यो

आजभोलि

कैलाली । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा मात्र १ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २ हजार १ सय ९६ जनाको नमुना परीक्षण गर्दा लगभग ५० प्रतिशत अर्थात् १ हजार ५७ जना संक्रमित भएका छन् । हालसम्म संक्रमितको संख्या ३० हजार ४ सय २० पुगेको छ ।

वितेको २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै कैलालीका ९ जना, कञ्चनपुरका ५ जनाको मृत्च्यु भएको छ । त्यस्तै डडेल्धुरा र बझाङ २/२ जना, बैतडी, अछाम र दार्चुलाका १/१ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५४ पुगेको छ ।

लकडाउनपछि सुदूरपश्चिम कोरोना अझबढी फैलिदो छ । भारतबाट आएकाहरुको परिक्षण तथा व्यवस्थापन नहुँदा कोरोना समुदायस्तरमा पुगको विज्ञहरुले बताएका छन् ।

 

 

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !