भक्तपुर चेम्बरको सप्ताहव्यापी आकस्मिक रक्तदान

आजभोलि

काठमाडौं । कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ ।

रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्लबले सहकार्य गरेको छ । अभियान अन्तर्गत शनिबार थिमिको बालकुमारी ९क्वलाखु० मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना महानुभावहरुले रगत दान गरेका छन् । कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगतबहादुर श्रेष्ठले जानकारी दिए । निषेधाज्ञा जारी भएको अवस्थामा रगत संकलन गर्नु सजिलो विषय नभएको उहाँको तर्क थियो ।

त्यसैले सीमित समयावधिमा रक्तदाताको संख्या बढाउनको लागि मौखिक रूपमा आग्रह गर्नुपरेको संयोजक श्रेष्ठले बताए । हुन पनि कोभिड–१९ संक्रमणको त्रास रहेकै अवस्थामा आकस्मिक रगत संकलन गर्नु चूनौतीपूर्ण विषय हो । महामारीको बखत रगत अभाव हुनु स्वभाविक छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सञ्चालन हुँदै गरेको रक्तदान कार्यक्रमलाई सकारात्मक ढंगले लिन सकिन्छ ।

यसअघि हिजो कमलविनायक भक्तपुरको लान्चा फल्चाबाट रगत संकलन गरिएको थियो । असार ६ गते आइतबार सूर्यविनायक चोकबाट नगर प्रवेश गर्ने टुरिजम मार्केटमा रक्तदान कार्यक्रम हुनेछ । जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालित छ ।  अभियानले जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै आएको छ ।

अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड– १९ आइसोलेसन सेन्टरका लागि नेपाल इन्जिनियरिंग कलेज ९नेक० सँग सहकार्य गरेको छ । कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । त्यसको लागि हटलाइन नं। ९८६१७५६४६१ सार्वजनिक गरिएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !