इरानका राष्ट्रपति इब्राहिम रइसी गम्भिर विवादमा

धेरैजसो मुलुकले बधाई पनि दिएनन्

आजभोलि

काठमाडौं । इजरायलका प्रधानमन्त्री नाफ्ताली  बेनेटले संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ’ब्युँझन’आह्वान गरेका छन् । इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा नाफ्ताली बेनेटले इरान ’क्रुर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ भएको र इरानले परमाणु अस्त्र चाहेको बताएका छन् ।

इजाइल र अमेरिकाले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ । इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन् । ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन् ।

आइतवार रइसीलाई इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो । इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन् । इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाइएको छ । उनले आगामी साउन ९अगष्ट० महिनाबाट पदभार सम्हाल्नेछन् । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ ।

अहिले इरानका प्रधानन्यायाधीश रहेका रइसी अति रूढिवादी विचार राख्ने नेता हुन् । अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए । चुनाव जितेपछि उनले सरकारप्रतिको जनविश्वासलाई बलियो पार्ने र पूरा देशको नेता बन्ने वाचा गरेका छन् ।

आफ्नो ट्वीटमा प्रवक्ता हैअतले रइसीलाई सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उनलाई ’तेहरानको निर्दयी हत्यारा’ भनेका छन् । रइसी ’मृत्युदण्डसम्बन्धी समिति’का चारमध्ये एक न्यायाधीश थिए, जसले पाँच हजार पुरुष तथा महिलालाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टरनेशनलको भनाइ छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले भनेका छन्– म मिहिनेती, क्रान्तिकारी र भ्रष्टाचारविरोधी सरकार बनाउनेछु ।  एउटा आलोचनात्मक ट्वीटको लहरोमा इजरायली विदेश प्रवक्ताले उनी ’इरानको परमाणु कार्यक्रमलाई तीव्र गतिमा बढाउन प्रतिबद्ध एक अतिवादी व्यक्तित्व’ भएको आरोप लगाएका छन् । लामो समयदेखि इरान र इजरायल एउटा ’छाया युद्ध’मा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ बीबीसीले आप्mनो अनलाइन संस्करणमा लेखेको छ ।

तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । इरानले इजरेलमाथि गतवर्ष आफ्ना शीर्ष परमाणु वैज्ञानिकको हत्या गरेको र एप्रिलमा आफ्नो एउटा युरेनियम प्रशोधन केन्द्रमा हमला गरेको आरोप लगाएको छ । इजरायलले भने इरानको आणविक कार्यक्रम पूर्ण रूपले शान्तिपूर्ण हुनेमा विश्वास गर्दैन । आफ्नो ट्वीटमा प्रवक्ता हैअतले रइसीलाई सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उनलाई ’तेहरानको निर्दयी हत्यारा’ भनेका छन् ।

रइसी ’मृत्युदण्डसम्बन्धी समिति’का चारमध्ये एक न्यायाधीश थिए जसले पाँच हजार पुरुष तथा महिलालाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टरनेशनलको भनाइ छ । इजरायली विदेश प्रवक्ताले ३० हजारभन्दा धेरै मानिसहरू मारिएको दाबी गरेका छन्, जुन इरानी मानवअधिकारवादी समूहहरूले समेत बताइरहने संख्या हो । इरानले कहिल्यै पनि सामूहिक मृत्युदण्ड दिइएको स्वीकारेको छैन र रइसीले पनि उनीमाथि लागेको आरोपबारे सफाइ दिएका छैनन् । अन्य अन्तर्राष्ट्रिय प्रतिक्रिया

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाई दिँदै आफूहरूबीचको ’परम्परागत रूपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्ध’लाई स्मरण गरेका छन् । सिरिया, इराक, टर्की र यूएईका नेताहरूले रइसीलाई बधाई दिएका छन् । गाजापट्टिमा नियन्त्रण राख्ने प्यालेस्टेनी लडाकु समूह हमासका एक जना प्रवक्ताले इरानको ’प्रगति र समृद्धि’को कामना गरेका छन् ।

यद्यपि मानव अधिकारवादी समूहहरूले रइसीमाथि अमानवीय अत्याचारको कसीमा अनुसन्धान हुनुपर्ने बताएका छन् । ह्युमन राइट्स वाचका माइकल पेजले भनेका छन्– इरानको दमनकारी न्यायपालिकाको प्रमुखका रूपमा रइसीले इरानको पछिल्लो समयका निकै जघन्य अपराधको नेतृत्व गरेका छन्, जसको अनुसन्धान र उत्तरदायित्व बहन गर्नु आवश्यक छ बीबीसीले लेखेको छ ।

विश्वका लागि रइसीको विजयको अर्थ के र ?

रइसीको नेतृत्वमा इरानमा कट्टरपन्थी एउटा शुद्धतावादी इस्लामिक सरकार गठन गर्ने कोसिस हुनेछ । त्यसको अर्थ भनेको सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रण हो । कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन् । तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको मानिन्छ ।

सन् २०१५ मा हस्ताक्षर भएको उक्त सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका पछि हट्ने निर्णय गरेका थिए । उनले इरानमाथि पुनः व्यापार प्रतिबन्धहरू लगाए।

पश्चिमी प्रतिबन्धले सामान्य इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ । उक्त सम्झौताअनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुनः सुरु गरेको छ । भियानामा जारी वार्ता उक्त सम्झौतालाई पुनर्जीवित पार्ने कोसिसमा रहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडन पनि यसलाई पुनः सुरु गर्ने पक्षमा छन् । तर दुवै पक्षले अर्को पक्षले पहिलो कदम चाल्नुपर्ने बताइरहेका छन् ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !