भारतको हरियाणामा लकडाउन खुकुलो, विवाहमा ५० जनामा सीमित

आजभोलि

काठमाडौं । भारतको उत्तर प्रदेश र हरियाणा सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न मापदण्ड तयार गर्दै एक साता लकडाउन थप गरेको छ । उत्तर प्रदेशले स्वास्थ्य मापदण्ड पालना गर्दै सबै पसल, रेष्टुरा, होटल खोल्न अनुमती दिएको छ भने हरियाणामा असार १४ गते ९जुन, २८० सम्म लकडाउनको समय थप गरेको छ ।

हरियाणाका मुख्य सचिव विजय वर्धनका अनुसार पसलहरु बिहान १० बजेदेखि ८ बजेसम्म खोल्न पाइने छ भने विवाहमा ५० जनासम्म व्यक्तिहरुलाई समेल हुन छुट दिएको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा ९२०, जुन० १८ लाख ११ हजार ३८७ जनाको नमुना परीक्षण गर्दा ५३ हजार ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१९, जुनमा २० लाख ३९ हजार ९४१ जनाको नमुना परीक्षण गर्दा ५८ हजार ५८८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै पछिल्लो २४ घण्टा ९२०, जुन० मा कोरोना भाइरस संक्रमणबाट १ हजार ११३ जनाको निधन भएको छ । १९, जुनमा कोरोनाभाइरस संक्रमणबाट १ हजार २ सय ३९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार ७ गते सोमबार बिहान ७।३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९९ लाख ३४ हजार ३६१ जना छन् । भारतमा २ करोड ८८ लाख ३६ हजार ५२९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ९ हजार ६६८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ ।

पछिल्लो २४ घण्टा ९शनिबार० मा ७८ हजार ८२ जना कोरोना मुक्त भएका छन् । असार ७ गते सोमबार बिहान ७।३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ८८ हजार १६४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !