भारतमा कोरोनाको तेस्रो लहरको चेतावनी

आजभोलि

एजेन्सी । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेसम्म नेपाल, भारत, अमेरिका, बेलायत, पोर्चुगलसहित डेल्टाको नयाँ म्युटेन्ट विश्वका १० देशमा भेटिएको छ । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ ।

भारतमा डेल्टा भेरियन्टकै कारण कोरोनाको दोस्रो लहर फैलिएको विज्ञले बताउँदै आएका छन् । स्वास्थ्य मापदण्ड अपनाए तेस्रो लहरलाई रोक्न सकिने त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि भारतमा अहिले १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !