खोपको पहिलो र दोस्रो मात्रको अन्तर कति हुनु पर्छ ?

आजभोलि

अन्तर प–यो भने के फरक पर्छ ?
काठमाडौं । आस्ट्राजेनेका, फाइजर र स्पुतनिकसहित अहिले उपलब्ध अधिकांश कोभिड–१९ खोप निश्चित अन्तरालमा दुई मात्रा लगाएपछि मात्र पूर्ण रूपमा प्रभावकारी हुन्छन् भनिन्छ । कोरोनाभाइरसको सङ्क्रमणबाट आफ्ना नागरिकलाई जोगाउन राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहँदा यही प्रावधान समस्याका रूपमा देखा पर्न सक्ने देखिएको छ । आपूर्तिको समस्या, कच्च पदार्थ र उत्पादनसम्बन्धी चुनौती एवं सामाजिक विषयका कारण धेरै ठाउँमा खोपको दोस्रो मात्रा उपलब्ध हुन सकेको छैन ।

यतिखेर गम्भीर बिरामी हुनबाट बच्नका लागि खोप नै सबैभन्दा उपयुक्त माध्यम हो– स्कटिश सरकारका सल्लाहकार पनि रहेका यूनिभर्सिटी अफ एडिन्वराका प्राध्यापक देवी श्रीधरले भनेकी छन् । महामारीका बीचमा नयाँ र थप संक्रामक भेरिअन्टहरू देखा पर्न सक्ने भन्दै स्कटल्यान्डले पहिलो र दोस्रो पटक कोभिड खोप दिने समयावधि घटाएको छ ।

एउटा त्यस्तो उदहारण डेल्टा भेरिअन्ट हो जुन सबैभन्दा पहिले भारतमा देखा परेको थियो । अध्ययनहरूले त्यो पहिले यूकेमा पहिचान भएको अल्फा भेरिअन्टभन्दा ६० प्रतिशत बढी सङ्क्रामक रहेको देखाएको थियो ।

कोभिड खोपको दोस्रो मात्रा किन चाहिन्छ ?
कुनै खोप पूर्ण प्रभावकारी हुन एकभन्दा बढी मात्रा चाहिनु सामान्य कुरा हो । अमेरिकामा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले बालबालिकालाई पोलियोको चार मात्रा लिन सिफारिस गरेको छ भने दादुरा, गलगाँड र रुबेलाको खोपको पनि दुई मात्रा लिनुपर्छ ।

खोपको पहिलो मात्राले रोगबाट केही सुरक्षा दिने भए पनि दोस्रो मात्रा लगाएपछि उच्च तहको प्रतिरक्षा निर्माण हुन्छ । पब्लिक हेल्थ इङ्ग्ल्यान्डले एप्रिल र मे महिनाबीचमा बेलायतमा १४ हजार व्यक्तिमा गरेको सर्वेक्षणमा फाइजर र आस्ट्राजेनेकको पहिलो मात्रा खोप लिएकामा डेल्टा भेरिअन्टविरूद्ध ३३ प्रतिशत मात्र प्रभावकारिता पाइने देखाएको थियो ।

तर पछि एउटा परीक्षणले फाइजर वा आस्ट्राजेनेकाको एक मात्रा खोप लगाएकाहरूलाई कोभिड संक्रमणले अस्पताल भर्ना हुनुपर्ने सम्भावना ७५ प्रतिशतले घट्ने देखाएको छ । संक्रमण सर्ने सम्भावना खासगरी डेल्टा वा भारतमा फैलिएको भेरिअन्टको हकमा अलि बढी भए पनि अस्पताल पुग्नुपर्ने अवस्था रोक्न भने एक मात्राले पनि राम्रै नतिजा दिएको बताइएको छ ।

दोस्रो मात्र खोप लगाएपछि फाइजरका हकमा ८८ प्रतिशत र आस्ट्राजेनेकाको हकमा ६० प्रतिशत प्रभावकारिता रहेको पाइएको छ । अस्पताल भर्ना हुनेगरी गम्भीर रूपमा बिरामी हुनबाट बच्नका लागि दुवै मात्र उच्च रूपमा प्रभावकारी पाइयो ।  अनि अर्को चासोको विषय के पनि हो भने दोस्रो मात्रा खोप नलगाइँदा भाइरसले खोपलाई छल्ने काम जारी राख्ने र धेरै मानिसमा फैलिने पाइयो । प्राध्यापक श्रीधरका अनुसार स्कटल्यान्डको उद्देश्य कोभिड–१९ “व्यवस्थापन गर्न सकिने स्वास्थ्यको विषय“ बनाउनका लागि संक्रमित र अस्पताल भर्ना हुने मानिसबीचको क्रम भङ्ग गर्नु हो ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !