इथियोपियाको उत्तर–पूर्वी क्षेत्रमा सरककारी सेनाद्वारा हवाई आक्रमण

आजभोलि

काठमाडौं । उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले ज्यान गुमाएका छन् । त्यस क्षेत्रका धेरै व्यक्तिहरु घाइते भएको विवरणहरू आएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएका छन् ।

इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले ’आतङ्कवादी’हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ । टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए । इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ ।  यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ । करीब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।

हवाई आक्रमणमा के भयो ?
मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बीबीसी अनलाइन सेवाले लेखेको छ । उक्त सङ्ख्या अझ बढ्नसक्ने ठानिएको छ । चिकित्सकहरूले उनीहरूले हवाई आक्रमणबाट घाइते भएका दुई वर्षका एक जना बालक सहित दर्जनौँ व्यक्तिको उपचार गरिरहेको जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरूले रोयटर्स समाचार संस्थालाई इथियोपियाको सेनाले आक्रमण स्थलमा फसिरहेका मानिसहरूलाई सहयोग गर्न जानबाट रोकेको बताएका छन् । एक जना १६ वर्षका किशोरले अस्पतालबाट हवाई आक्रमणका कारण आफ्नो हातमा चोट लागेको र कैयौँ मानिसहरू भुईँमा ढलेको आफूले देखेको स्थानिय सञ्चार माध्यमलाई बताएका छन् ।

उनले आफूले चिनेका एक जना व्यक्तिले ज्यान गुमाएको पनि बताए । इथियोपियाको सेनाले सैनिक निशानामा मात्रै हमलाहरू गरिएको जनाएको छ । एक जना प्रवक्ताले भनिन्– हामीले बजार क्षेत्रमा कहिल्यै पनि आक्रमण गरेका छैनौँ । यो कसरी सम्भव भयो । हामी सही विन्दुमा हाम्रो निशाना लगाउन सक्षम छौँ ।

इथियोपियाको द्वन्द्वको पृष्ठभूमि के हो ?
इथियोपियाको सरकारलाई छिमेकी इरिट्रियाको फौजको पनि साथ छ भनिन्छ । उनीहरूले गएको नोभेम्बरमा क्षेत्रीय सत्तारूढ दल टिग्रे पिपल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) लाई सत्ताबाट हटाउन कारबाही थालेका थिए । उक्त महिनाको अन्त्यमा आफू विजयी भएको उसले घोषणा गरेको थियो ।

गएको नोभेम्बरमा सेनाले टिग्रे क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । टीपीएलएफ र प्रधानमन्त्री आबी अहमदबीच लामो समयदेखि उनका राजनीतिक सुधारका कदमहरूलाई लिएर मतभेदहरू थिए । तर उसले टिग्रेको सङ्घीय सैनिक शिविरमा कब्जा जमाएपछि त्यसले द्वन्द्वलाई चर्कायो । टीएएलएफले त्यसयता उक्त क्षेत्रका विभिन्न समूहहरूसँग मिलेर टिग्रे डिफेन्स फोर्स नामक विद्रोही समूह गठन गरेको छ ।

दुई पटक मिति सारिएको चुनावमा मतदान गरेपछि प्रधानमन्त्री आबीले बीबीसीले छिमेकी इरिट्रियाका फौजसँग मिलेर उनीहरूलाई त्यहाँबाट हटाउन काम गरिरहेको बताए । नरसंहार, सामूहिक बलात्कार गरेको र मानवीय सहयोगलाई अवरोध पु–याएको जस्ता आरोप उनीहरूमाथि लागेको छ जसलाई इरिट्रियाले अस्वीकार गर्दै आएको छ ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !