कोपा अमेरिकामा ब्राजिल विजयी

आजभोलि

एजेन्सी । कोपा अमेरिकामा ब्राजिल विजयी भएको छ । इन्जुरी समयको अन्तिममा कासेमिरोले गरेको गोलको सहयोगमा ब्राजिल विजयी भएको हो । आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि संघर्षपूर्ण जित दर्ता गरेको हो । समूह बी अन्तर्गत भएको खेलमा कोलम्बियाले सुरुवाति अग्रता लिए पनि अन्तिम तिर त्यसलाई जोगाउन सकेन ।

खेलको १० औँ मिनेटमा लुइस डियाजले गोल गरी कोलम्बियालाई अग्रता दिलाएका थिए । ब्राजिलका लागि ७८ औँ मिनेटमा रोबर्टो फिरमिनोले बराबरी गोल गरे । ब्राजिलको जितमा इन्जुरी समयमा कासेमिरोले गरेको गोल निर्णायक बन्यो । सो गोल गर्न उनलाई नेइमारले सहयोग गरेका थिए ।

लगातार तीन खेलमा जित निकालेको ब्राजिल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।  उसले अघिल्लो चरणको यात्रा पक्का गरिसकेको छ । एक खेलमा जित र एकमा बराबरी तथा दुई खेलमा पराजित भएको कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ । यस्तै समूह बी अन्तर्गत आज बिहान भएको अर्को खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका छन् ।।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !