कोरोना भ्याक्सिन लगाएका केही व्यक्तिमा नयाँ रोग देखियो

आजभोलि

काठमाडौं । संसारभर कोरोनाभाइरसका संक्रमित थपिँदै गएका छन् । संक्रमित भएका र नभएकालाई खोप लगाउँने क्रम जारी रहेको छ । कोरोना संक्रमितको संख्या न्यूनिकरण गर्न खोपले मद्दत गर्ने विश्वास जन जनमा छ । तर कोभिशिल्ड नामक भ्याक्सिन लगाएका केही व्यक्तिमा गुलियन बेरीको सिन्ट्रम देखिएको छ । आपतकालीन प्रयोगका लागि नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई केही महीना अनुमति दिइएको थियो ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । ‘कोभिशिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप हो । यसले भारतमा पनि प्रयोगको लागि अनुमति पाइसकेको छ भने भारतमा ठूलो मात्रामा उत्पादन भैरहेको छ ।

शोधकर्ताका र एनल्स अफ न्यूरोलोजी नामक पत्रिकाका अनुसार गुलियन बेरी सिन्ट्रोममा शरीर कमजोरी महशुस हुने, अनुहार नसा सुक्दै जाने, हात झमझमाउने र मुटुको धडकन अनिएमित हुने समस्या देखिएको छ । विश्व स्वास्थ्य संघठनले भारतमा निर्मित बायोटेक– कोवैक्सीन, अक्सफोर्ड र एस्ट्रेजेनेको कोविशील्ड र रूसको स्पूतनिक–बी खोपलाई स्वीकृति दिएको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२४, जुन) मा १८ लाख ५९ हजार ४६९ जनाको नमुना परीक्षण गर्दा ५१ हजार २४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २३, जुनमा १९ लाख १ हजार ५३ जनाको परीक्षण गर्दा ५४ हजार ३१९ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२४, जुन) मा कोरोना संत्रमणबाट ९६५ जनाको निधन भएको छ ।

२३, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ९७८ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार ११ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ३३ हजार ४१७ जना छन् । भारतमा २ करोड ९१ लाख २० हजार ३४० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १९ हजार ७३९ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ६३ हजार ७३१ जना कोरोना मुक्त भएका छन् । असार ११ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९३ हजार ३३८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !