काठमाडौं महानगरपालिकाको होटल क्षेत्रलाई राहत

आजभोलि

काठमाडौं । कोरोना कहरबाट प्रताडित भएको होटल उद्योगलाई काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ । होटल उद्योगको छाता संगठन होटल संघ नेपालले दिँदै आएको सुझावलाई मध्यनजर गरी महानगरपालिकाले सो निर्णय गरेको हो ।

गत वर्ष महानगरपालिकाले होटल व्यवसायीलाई सम्पत्ति करबापत बुझाउँदै आएको रकममा ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको संघले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ का लागि महानगरपालिकाले होटलहरुले बुझाउनुपर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा चुक्ता गर्नेलाई थप १० प्रतिशत गरी जम्मा ९० प्रतिशत कर छुट दिएको जनाइएको छ ।

कोभिड–१९ को महामारीले थिलथिलो भएको होटल तथा पर्यटन उद्योग सुधारको बाटोमा फर्कन अझै ५ वर्ष लाग्ने जानिफकारको दावी छ । महानगरपालिकाले दिएको सहुलियतलाई पर्यटन उद्योगको अवस्था राम्रो नभएसम्म निरन्तरता दिइनुपर्ने संघको माग छ ।

 

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !