नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९ हजार ७१ जनाको मृत्यु

आजभोलि

काठमाडौं । २ करोड ९६ लाख ५३ हजार ८६९ जनसंख्या रहेको नेपालमा निधेषाज्ञा लगायतका स्वास्थ्य सतर्कताका कारण कोभिड नियन्त्रण हुने अनुमान गरिएको भए पनि परीक्षण गरिएकाहरूमा दैनिक संक्रमण दर भने लगभग २० प्रतिशतमा स्थिर रहेको छ । नेपालमा मंगलबार साझसम्म ६ लाख ३६ हजार ९१६ जना कोरोनाभाइरसका कुल संक्रमित छन् ।

संक्रमितमध्ये ५ लाख ९२ हजार ५३५ जनालाई कोरोनाभाइरसको संक्रमण निको भैसकेको छ भने कुल संक्रमितमध्ये ९ हजार ७१ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकका अनुसार नेपालमा असार १ गतेयता १ लाख ५८ हजार ९६५ जनामा परीक्षण गरिएकोमा ३५ हजार ३४४ मा संक्रमण पुष्टि भएको छ ।

यो संख्याले संक्रमण दर औसतमा २१ प्रतिशतभन्दा माथि रहेको देखाउँछ । संक्रमण दर एन्टिजन परीक्षणमा १७.५ प्रतिशत र पीसीआर परीक्षणमा २३.५ प्रतिशत रहेको छ । कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यहरू नभएको र सामान्य लक्षण भएका व्यक्तिहरू परीक्षण नगरी घरमै बसेकाले यो तथ्याङ्कबाट मात्रै सङ्क्रमणको सही अवस्था थाहा पाउन गाह्रो रहेको विज्ञहरुले बताएका छन् ।

तर मन्त्रालयले कोरोनाभाइरसको लक्षण भएकै व्यक्तिहरू मात्रै परीक्षणका लागि अस्पताल पुग्ने हुँदा पनि सङ्क्रमण दर बढी देखिएको बताउँछन् । अस्पतालमा उपचाररत संक्रमित र दैनिक पुष्टि हुने संख्या अपेक्षाकृत घटे पनि सङ्क्रमण दर किन घटेन त ?

संक्रमण दर स्थिर
सरकारले विभिन्न स्थानहरूमा निषेधाज्ञा लागु गरेको भए पनि त्यसले मानिसहरूको आवागमन ७० प्रतिशत मात्रै घटाउन सकेको छ । र, आवागमन बढेको अवस्थामा सङ्क्रमण अझ बढ्ने उनी बताउँछन् ।करीब देशका ७४ जिल्लामा निषेधाज्ञा जारी भएको बेला पनि हाम्रो आवागमन ७० प्रतिशत मात्रै घटेको थियो, उनले भने ।

व्यक्तिगत र सामुदायिकस्तरमा कोभिडको जोखिम बुझेर मापदण्ड पालना गर्ने विषय गम्भीर रूपमा नलिइएसम्म सङ्क्रमण दर घटाउनु कठिन हुने उनको भनाइ छ । देशभरको औसत मात्रै हो २० प्रतिशत। कुनै स्थानमा ४० प्रतिशतसम्म छ, जोखिम कायमै रहेको अवस्थामा स्थान विशेषको निर्णय गरिनुपर्ने र देशैभर एकै खाले नियम प्रभावकारी नहुने पौडेलले बताए । “हाम्रो जोखिम हटिसकेको छैन भन्ने कुरा स्पष्ट भएको छ।

हामी सचेत भएनौँ भने हाम्रोमा सङ्क्रमितहरूको सङ्ख्या फेरि बढ्न सक्छ ।“ कोभिड सङ्क्रमणबाट बच्ने अचुक औषधि खोप र जनस्वास्थ्य कै मापदण्ड रहेको उनी बताउँछन् । हाल नेपालमा करीब ८.५ प्रतिशत जनसङ्ख्याले खोपको एक मात्रा प्राप्त गरेका छन् जुन आवश्यकता भन्दा निकै कम रहेको अधिकारीहरूले स्वीकारेका छन् ।

शहरहरूमा निषेधाज्ञा लागु भए पनि ग्रामीण भेगमा मापदण्ड पालना नहुँदा सङ्क्रमितहरूको सङ्ख्या स्थिर रूपमा घटबढ भइरहने क्रम कायम नै रहेको जनस्वास्थ्यविद् बिराज कर्मचार्य बताउँछन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन परीक्षण गर्न आएकाहरू मात्रैको आधारमा संक्रमितको दर देखिएकाले समुदायमा कति मानिस सङ्क्रमित छन् थाहा पाउन गाह्रो रहेको बताएका छन् ।

यसअघि पनि लामो समयसम्म झन्डै ४० देखि ४५ प्रतिशतबीच सङ्क्रमण दर अडिएको र त्यसको झन्डै दुई हप्ता पछि ३० देखि ३५ प्रतिशतमा झरेको पाइएको आफूलाई स्मरण रहेको उनी बताउँछन् । नेपालमा बैशाख २१ गतेदेखि जेठ ९ गतेसम्म २० दिनमध्ये १८ दिन दैनिक सङ्क्रमण दर ४० प्रतिशतभन्द बढी थियो । जेठ १० गतेदेखि २७ गतेसम्म त्यो दर ३० प्रतिशतभन्दा बढी रहेको थियो भने त्यसयता लगातार २० प्रतिशतभन्दा माथि रहेको छ ।

तेस्रो लहरको कत्तिको जोखिम
छिमेकी भारतसहित नेपालमा पनि तेस्रो लहरको खतरा रहेको विज्ञहरूले बताइरहेका छन् । भारतमा संक्रमण दर असारमा तीन प्रतिशतको हराहारीमा रहेको छ । दोस्रो लहरमा सङ्क्रमण उच्च हुँदा पनि त्यहाँ सङ्क्रमण दर २३ प्रतिशत नाघेको थिएन ।

यस्तो अवस्थामा कोभिड नियन्त्रणका लागि लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरू खुला हुँदा जोखिम उच्च रहने बताइएको छ । कुन लहर भन्ने त अहिले हामी भन्न सक्दैनौ तर खुले पछि, सम्पर्क बढेपछि सङ्क्रमित बढ्ने दर पनि बढ्छ– कर्माचार्यले भनेको भनी बीबीसीले लेखेका छ । सार्वजनिक यातायात खुला भए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरे जोखिम कम हुन जाने उनी बताउँछन् ।

गत वर्ष सामान्य अवस्थामा सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च विन्दुमा पुगेर घटेको भए पनि यसपटक भने निषेधाज्ञाकै बीचमा सङ्क्रमण उच्च विन्दुमा पुगेकाले अवस्था खुकुलो हुँदा फेरि एकपटक सङ्क्रमण बढ्न सक्ने कर्मचार्यको बुझाइ छ ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !