पत्रकारका संघसंस्थाहरुलाई पत्रकार मञ्चद्वारा स्वास्थ्य सामाग्री प्रदान

आजभोलि

काठमाडौं । नेपाल पत्रकार मञ्चले पत्रकारका संघ–संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणका बेला मञ्चले पत्रकारलाई लक्षित गरेर स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

यसै मेसोमा नेपाल पत्रकार मञ्चले शुक्रबार नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा, दक्षिण एशियाली खेलकुद पत्रकार संघ र कार्टुनिष्ट क्लबलाई पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सतर्कता सामाग्रीहरु वितरण गरेको हो ।

मञ्चले पत्रकारहरुलाई व्यक्तिगत रुपमा पनि यस्ता सामाग्री वितरण गर्ने गरेको छ । सहयोग सामग्री पाइसकेपछि प्रतिक्रिया दिँदै भक्तपुर शाखा अध्यक्ष जगत प्रजापतिले मञ्चले प्रदान गरेका सामग्रीले शाखाले सदस्यप्रति निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारी सघाउ पुग्ने बताए ।

त्यसैगरी खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरु लाभान्वित भएको भन्दै खुसी व्यक्त गरे । महामारीको समय पत्रकारहरुमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या समाधानमा साथ दिन प्रयास गरिएको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जनाए ।‘पत्रकारहरुको भौतिक रक्षाका लागि केही न केही काम हुन थालेका छन् ।

तर, उनीहरुको पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै गर्न बाँकी नै छन्,’ मञ्चका उपाध्यक्ष एवं कोभिड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराई भन्छन् ।  एशोसियट सदस्य संस्थाहरुबीच पनि साझेदारिता बढाउँदै गएको उनको भनाइ छ ।

भक्तपुर शाखालाई सामग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यलगायत पदाधिकारीको उपस्थिति थियो ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !