इंल्यान्ड र डेनमार्क सेमिफाइनमा प्रवेश

आजभोलि

एजेन्सी । इंल्यान्ड र डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । इंल्यान्डले युक्रेनलाई चार शुन्य गोलले तथा डेनमार्कले चेक गणतन्त्रलाई दुई एक गोलले पराजित गर्दै सेमिफाइनमा भित्रिने मौका पाएका हुन् । इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा पुगेको छ । खेलको चौथो मिनेटमै इंल्यान्डले अग्रता लिएको थियो ।

पहिलो हाफमा एक शुन्यले अघि बढेको इंल्यान्डले दोस्रो हाफ सुरु भए लगत्तै गोल गरेको इंल्यान्डले पाँच मिनेटपछि तेस्रो गोल ग-यो । इंल्याण्डका लागि जोर्डन हेन्डर्सनले चौथो गोल गरे । उनले ६३ मिनेटमा मासन माउन्टले उपलब्ध गराएको पासमा गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हेन्डर्सनले आफ्नो ६२ औं अन्तर्राष्ट्रिय खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा माउन्टको कर्नर बलमा हेडमार्फत बललाई गोलपोस्टको दिशा दिए। इंल्याण्डले जारी प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन । लगातार पाँच खेलमा गोल नखाइ अन्तिम चारमा स्थान पक्का गरेको इंल्याण्डले अब सेमिफाइनलमा आगामी बुधबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी क्वाटरफाइनल खेलमा चेक गणतन्त्रलाई डेनमार्कले पराजित गरेको हो । शनिबार राति भएको खेलमा डेनमार्क मुख्य प्रतियोगितमा सन् १९९२ पछि पहिलो पटक अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो । खेलको पाँचौ मिनेटमा डेनालेले हेडमार्फत गरेको गोलबाट डेनमार्कले अग्रता लिएको थियो ।

४२ मिनेटमा डोलबर्गले अर्को गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। दोस्रो हाफ सुरु भए लगत्तै चेकले गोल फर्कायो। ४९ मिनेटमा प्याट्रिक शिकले चेकका लागि गोल गर्न सफल भयो। दोस्रो हाफमा डेनमार्कका पाउलसेनले गोल गर्न गरेको दुई प्रयासमा चेकका गोलकिपर भ्यालिसिक बाधक बनेका थिए । अब डेनमार्कले सेमिफाइनलमा इंल्यान्डसँग खेल्ने छ ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !