कांग्रेस नेता बस्नेतको पहलमा सिन्धुपाल्चोका तीनवटै अस्पतालमा ब्लड स्टोरेज रेफ्रिजेरेटर राखिँदै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सिन्धुपाल्चोक जिल्लाका तीनवटा सरकारी अस्पतालमा ब्लड स्टोरेज मेसिन राखिँदै छ ।

विभिन्न दूर्घटनाका विरामी, सुत्केरी, अन्य रोगीका लागि जिल्लाहरुमा रगतको अभाव देखिँदै आएकाले मेलम्ची, चौतारा र बाह्रबिसे अस्पतालमा ब्लड स्टोरेज मेसिन राख्न लागिएको हो । रगत अभावकै कारण सिन्धुपाल्चोकका विरामी उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता थियो । तर, अब जिल्लाकै अस्पतालमा सो सुविधा उपलब्ध हुन्छ । बाहिरी जिल्लामा जानु नपर्ने नेता बस्नेतको बताएका छन् ।

वर्षैपिच्छे बाढीपहिरो र अन्य रोगको सिकार भएका, दुर्घटनामा परेकाहलाई रगत आवश्यक पर्दा रगत स्टोरेज गर्ने रेफ्रिजेरेटर अहिलेसम्म सिन्धुपाल्चोकमा नभएकाले नेता बस्नेतले केही दिन अगाडि जिल्ला विपद् ब्यवस्थापन समितिलाई भनेकोमा तीनवटा अस्पतालमा तीनवटा रेफ्रिजेरेटर राख्न लागेको बस्नेतले बताए।

जिल्लाका तीनवटै अस्पतालमा रेफ्रिजेरेटर राखिसकेपछि लगत्तै जिल्लाव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने पनि बस्नुतले जनाए । उनका अनुसार बाह्रबिसे अस्पतालमा रेफ्रिजेरेटर राख्न बलेफी गाउककपालिका वडा नम्बर ८ निवासी व्यवसायी तथा नेपाली कांग्रेसका युवा नेताहरू सुभाष तिमिल्सिनाले चार लाख र उमेश प्रधानले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

त्यहाँ रेफ्रिजेरेटर राख्न अर्डर भइसकेको र छिट्टै अस्पताल पु¥याइने बस्नेतको भनाइ छ । यसैगरी, मेलम्चे अस्पतालमा रेफ्रिजेरेटर र भेण्टीलेटर राख्न मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधीकर्मीको नेतृत्वको टिमले ११ लाख एघार हजार एक सय एघार रुपैयाँ यस अगाडि नै मेलम्ची नगरपालिकाका मेयरलाई हस्तान्तरण गरिसकेको उनले जनाए ।

चौतारा अस्पतालमा रेफ्रिजेरेटर राख्न युवा ब्यवसायी एवं नेपाली कांग्रेस भोटेकोसी गाउककपालिकाका कोषाध्यक्ष अमृत कार्कीले तुरुन्तै ब्यवस्था गरिदिने वचन दिएको नेता बस्नेतको भनाइ छ । नेता बस्नेत कांग्रेसका खेलकुद विभाग प्रमुखसमेत हुन् । उनले रगतको कमी नहोस् भनेर यसअघि धेरै जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरी व्यवस्था गरिसकेका छन् ।

कोरोना महामारी, भूकम्पलगायत अन्य विपत्तिमा सामाजिक सेवा गर्दै आएका बस्नेतलाई नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस दैवी प्रकोप तथा विपद् व्यवस्थापन समिति’ प्रमुखसमेत बनाएको छ । यो समितिले देशभरि हुने दैवीप्रकोपको सूचना संकलनदेखि उद्दारमा जुट्ने काम गर्ने छ ।

देशैभरि बाढीपहिरोको चपेटा बढेपछि कांग्रेसले पार्टीको तर्फबाट उद्दार र राहत वितरणका लागि नेता बस्नेतको संयोजकत्वमा समिति बनाएको हो । नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका साथै समस्यामा परेका नागरिकको उद्दारमा आफै उपस्थित भएर सहयोग गर्दै आएका छन् ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !