कोरोना खोपका लागि विश्वबैंकले सहयोग गर्ने

आजभोलि

काठमाडौं । विश्व बैंकले नेपालसहित ५० मुलुकलाई ४ अर्ब अमेरिकी डलर बराबर खर्च ब्यहोर्ने भएको छ । विकासशील र विकासोन्मुख मुलुकहरुले यो सुविधा पाउनेछन् । यो सहयोग पाउनेमा आधाभन्दा बढी अफ्रिकी मुलुकहरु छन् । इन्टरनेसनल डेभलपमेन्ट एसोशियसन (आइडीए) मा आवद्ध र गरिब मुलुकहरुलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको विश्व बैंकले जनाएको छ ।

यसरी प्राप्त हुने रकम अनुदान हो भने अनुदानमा आएको रकम कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण र भ्याक्सिन कार्यक्रमका लागि खर्च गर्नुपर्नेछ । कोभिड १९ महामारीपछि विश्व बैंकले स्वास्थ्य क्षेत्रमा मात्र १ खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको जनाएको छ ।

महामारीले सामाजिक र आर्थिक अवस्थामा पारेको असरलाई मध्येनजर गरी विभिन्न कार्यक्रममार्फत् यो रकम खर्च गरेको हो । विश्व बैंकबाट पाएको रकमलाई अफ्रिकन मुलुकहरुले अफ्रिकन भ्याक्सिन एक्विजिसन टास्क टिम (एभिएटीटी) वा कोभ्याक्स कार्यक्रममार्फत खर्चन सक्नेछन् ।

भ्याक्सिन खरिद, ढुवानी, भण्डारण, वितरणसँगसँगै जनसचेतनाका कार्यक्रमका पनि यो रकम खर्चन सकिने विश्व बैंकले जनाएको छ । कोभिड भ्याक्सिनका लागि घोषणा भएको यो रकम पाउने दक्षिण एसियाली मुलुकहरुमा नेपालसहित अफगानिस्थान, बंगलादेश र पाकिस्तान परेका छन् ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !