पत्रकार महासंघ काठमाडौं शाखालाई पत्रकार मञ्चद्वारा स्वास्थ्य सामग्री प्रदान

आजभोलि

काठमाडौं । नेपाल पत्रकार मञ्चले पत्रकारका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको छ । मञ्चले कोरोना भाइरस संक्रमणका बेला फ्रन्टलाइनमा खट्ने पत्रकारलाई लक्षित गरी जोखिमबाट बँचाउन स्वास्थ्य सामाग्री सहयोग गरेको हो । यसै मेसोमा नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई ५० थान पीपीई उपलब्ध गराएको अध्यक्ष सूर्य सुवेदीले बताए ।

मञ्चले गरेको यो सहयोगबाट पत्रकारहरु लाभान्वित हुनेमा अध्यक्ष सुवेदीले खुसी व्यक्त गरे । कोरोना कहरको मारमा परेका पत्रकारहरुमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या समाधानमा साथ दिन प्रयास गरिएको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जनाए । उनले थपे ‘पत्रकारहरुको भौतिक रक्षाका लागि केही न केही काम हुन थालेका छन्’ उनको ठम्याइ छ ।

तर, उनीहरुका लागि पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै गर्न बाँकी नै छन्,’ मञ्चका उपाध्यक्ष एवं कोभिड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराई बताउँछन् । मञ्चले काठमाडौं शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराउने क्रममा अध्यक्ष सूर्य सुवेदी, सचिव महेश गौतम र सदस्य रमेशकुमार बोहोराको उपस्थिति रहेको थियो ।

 

 

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !