नायिका कुवँरद्वारा आत्महत्या

आजभोलि

काठमाडौं। नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् । जेनी केही समयदेखि थापागाउँस्थित सनसिटी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । उनी सोही अपार्टमेन्टमा गत बिहीवार राति झुण्डिएको अवस्थामा फेलापरेकी हुन् । नायिका जेनी पछिल्लो समय धार्मिक क्रियाकलापमा पनि लागेकी थिइन् ।

खासगरी पशुपति मन्दिर क्षेत्र परिसरमा उनीद्वारा गरिने गतिविधिका कारण बेलाबेलामा विवादमा तानिने गर्दथिइन् । काठमाडौं प्रहरी परिसरका अनुसार यस घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । नायिका कुँवर विगत एक वर्षदेखि डिपे्रसनमा रहेको बताइएको छ ।

उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको भेषामा बसिरहेको भेटिन्थिन् । उनले धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यूलगायत दर्जन हाराहारी चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी थिइन् ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !