भारतमा दोस्रो डोज खोप ६ प्रतिशतले मात्रै लगाए

आजभोलि

काठमाडौं । भारतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने विज्ञहरले बताएका छन् । दोस्रो लहरमा देखिएको डेल्टा भेरिएन्टबाट जागिन फाइजर या एस्ट्रेजेनिका खोप कम प्रभावकारी हुने एक अनुसान्धानले देखाएको छ । नेचर जर्नलमा प्रकाशित अध्यायन अनुसार कोरोना डेल्टा भेरिएन्ट संक्रमित भएको छ भने उसको उसको शरीरमा एन्टिबडी बनाउन कोरोनाभाइरस विरुद्धको खोप कम प्रभावकारी हुने गर्छ ।

जुन व्यक्तिले फाइजर भ्याक्सिन या एस्ट्रेजेनिका दोस्रो डोज भ्याक्सिन लगाएको छ, उनीहरु सुरक्षित रहने बताइएको छ । त्यसैले डेल्टा भेरियन्टबाट सुरक्षित रहन फाइजर या एस्ट्रेजेनिका दोस्रो डोज भ्याक्सिन लगाउँन आवस्यक छ । विश्व स्वास्थ्य संगठनले भनेको छ– कोरोनाभाइरसको डेल्टा भेरियन्ट सबैभन्दा खतरनाक मानिएको छ । भारतमा कुल जनसंख्याको ६ प्रतिशतले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन दोस्रो डोज पनि लगाएका छन् ।

कोरोनाको तेस्रो आउँने आशंकामा तीब्र गतिमा भ्याक्सिन लगाउँने काम भैरहेको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो समय १८ लाख ९२ हजार ८ सय जनाको नमुना परीक्षण गर्दा ३४ हजार ४४३ जना कोरोना संक्रमित थपिएका छन् । ७, जुलाईमा १९ लाख ७ हजार २१६ जनाको नमुना परीक्षण गर्दा ४५ हजार १९६ जना संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (८, जुलाई) मा कोरोना संक्रमणबाट ४७० जनाको निधन भएको छ । ७, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ८१४ जनाको निधन भएको थियो । पछिल्लो समय भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ७ लाख ४३ हजार १३ जना छन् । भारतमा २ करोड ९८ लाख ७१ हजार ८५० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ३५ हजार ३८५ जना कोरोना मुक्त भएका छन् । भारतमा कुल संक्रमितमध्ये ४ लाख ५ हजार ५२७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भइसकेको छ ।

 

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !